संवाददाता
१६ पुष २०८२, बुधबार ०८:४८
वीरगञ्ज ।
वीरगञ्ज महानगरपालिकाले शीतलहर तीव्र बनेसँगै तेस्रोपटक पुनः तीन दिनका लागि विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ।
महानगर क्षेत्रमा पछिल्लो दुई सातादेखि निरन्तर चिसो बढ्दै गएपछि पुस १६ देखि १८ गतेसम्म सामुदायिक तथा संस्थागत विद्यालयहरूमा थप बिदा दिने निर्णय गरिएको हो। यसअघि महानगरले दुई चरणमा गरी पाँच दिन जाडो बिदा दिइसकेको छ।
वीरगञ्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेका अनुसार अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने जोखिमलाई ध्यानमा राख्दै बर्खे बिदाबाट कट्टा हुने गरी विद्यालय बन्द गर्ने निर्णय गरिएको हो।
महानगरले दिएको जानकारीअनुसार पुस २० गतेदेखि विद्यालयहरू पुनः नियमित रूपमा सञ्चालन हुनेछन्।





प्रतिकृया दिनुहोस्