संवाददाता
१ माघ २०८२, बुधबार १५:४३
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्री गगन थापा र नेता विश्वप्रकाश शर्मालाई पार्टी सदस्यताबाट निष्कासन गर्ने निर्णय गरेको छ।
बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले उनीहरूको गतिविधि पार्टीको हितविपरीत गएको निष्कर्ष निकाल्दै निष्कासनको कठोर कदम चालेको हो।
बैठकमा प्रस्तुत राजनीतिक गतिविधि र पछिल्ला अभिव्यक्तिहरूले पार्टीको संगठनात्मक एकता कमजोर बनाएको भन्दै दुवै नेतालाई कारबाही गर्ने निर्णय गरिएको बताइएको छ।
केन्द्रीय समितिको निर्णयसँगै थापा र शर्माको कांग्रेसभित्रको औपचारिक भूमिका समाप्त भएको छ। पार्टी नेतृत्वले यो निर्णय संगठन जोगाउन बाध्य भएर लिनुपरेको जनाएको छ।





प्रतिकृया दिनुहोस्