संवाददाता
७ माघ २०८२, मंगलवार १५:४३
काठमाडौं ।
मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन्।
सोमबार पोखराबाट पक्राउ परेका प्रसाईंलाई काठमाडौं ल्याएपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले हाजिरी जमानीमा छाड्ने निर्णय गरेको हो। सो निर्णयअनुसार उनलाई रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
निर्वाचन आयोगविरुद्ध दिएको विवादास्पद अभिव्यक्तिका कारण प्रसाईं पक्राउ परेका थिए। उनले निर्वाचन आयोगले ५२ करोड रुपैयाँ लिएर नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षलाई वैधता दिएको आरोप लगाएका थिए।
उक्त अभिव्यक्तिलाई लिएर कानुनी प्रक्रिया अघि बढाइए पनि प्रारम्भिक चरणमा उनलाई थुनामा नराखी हाजिरी जमानीमा छाडिएको हो।





प्रतिकृया दिनुहोस्