काठमाडौँ।
आफ्ना अध्यक्ष दुर्गा प्रसाईं रिहा भएपछि राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानले तय गरिएका सबै विरोधका कार्यक्रम स्थगन गरेको घोषणा गरेको छ।
महाअभियानद्वारा जारी विज्ञप्तिअनुसार मंगलबार पोखराको लेकसाइडस्थित बराही प्रांगणमा भएको सभालाई सम्बोधन गरेर काठमाडौँ फर्कने क्रममा प्रसाईंलाई पोखरा विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो।
सार्वजनिक शान्ति भंग गरेको आरोपमा पक्राउ परेका उनलाई काठमाडौँको भद्रकालीस्थित प्रहरी परिसरमा राखिएको थियो। त्यसपछि मंगलबारै दिउँसो २:४५ बजे विशेष सरकारी वकिलको कार्यालयबाट उनलाई रिहा गरिएको महाअभियानले जनाएको छ।
यस घटनापछि निर्वाचन कार्यालय घेराउ, तालाबन्दी र चक्काजामलगायतका पूर्वघोषित कार्यक्रम तत्कालका लागि स्थगन गरिएको विज्ञप्तिमा उल्लेख छ।
महाअभियानले माघ २ गते भएको १२ बुँदे सहमति छिटो कार्यान्वयन गर्न सरकारसँग माग पनि दोहोर्याएको छ। साथै फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका दिन देशभर शान्तिपूर्ण सभा र जुलुसमार्फत विरोध जनाइने जानकारी दिएको छ।





प्रतिकृया दिनुहोस्