रुकुम पूर्व। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम पूर्वलाई आफ्नो राजनीतिक यात्राको महत्त्वपूर्ण केन्द्रका रूपमा अघि सारेका छन्। उनले यहाँका नागरिकको चाहना, सम्भावना र विकासका प्राथमिकतालाई ध्यानमा राख्दै उम्मेदवारी दिएको स्पष्ट पारे।
बुधबार रुकुमकोटमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा दाहालले जिल्लाको भौगोलिक बनावट, सांस्कृतिक पहिचान र सामाजिक विविधतालाई समेट्ने विकास रणनीति अपनाइने बताए। उनका अनुसार रुकुम पूर्वलाई पूर्वाधार, शिक्षा, स्वास्थ्य र आर्थिक गतिविधिमा नयाँ गति दिने योजना तयार गरिएको छ।
उनले कृषि र पर्यटनलाई रोजगारी सिर्जनाका प्रमुख आधार बनाउने उल्लेख गर्दै युवालाई आफ्नै ठाउँमै अवसर उपलब्ध गराउने लक्ष्य रहेको बताए। “रुकुम पूर्वलाई विकास र वैचारिक चेतनाको दुवै हिसाबले उदाहरणीय बनाउने सोचका साथ यहाँबाट अघि बढेको हुँ,” दाहालको भनाइ थियो।
कार्यक्रमपछि उनले सहिद परिवारसँग भेटघाट गर्नुका साथै स्थानीय समुदायसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका गुनासा र सुझाव सुनेका थिए।





प्रतिकृया दिनुहोस्