संवाददाता
१३ माघ २०८२, सोमबार ११:२५
काठमाडौं। राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहदरबारस्थित परिषद्को कार्यालयमा बसेको छ। सहभागी एक सदस्यका अनुसार बैठकमा देशको पछिल्लो सुरक्षा अवस्था र निर्वाचनको पूर्वतयारीलाई केन्द्रमा राखेर छलफल भइरहेको छ।
परिषद्को बैठकमा प्रधानमन्त्री अध्यक्षको भूमिकामा रहन्छन्। रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री र अर्थमन्त्री सदस्यका रूपमा सहभागी हुन्छन् भने मुख्य सचिव, प्रधानसेनापति र रक्षा सचिव सदस्य सचिवको हैसियतमा रहने व्यवस्था छ।
बैठकबाट समसामयिक सुरक्षा चुनौतीको मूल्याङ्कन र निर्वाचनलाई सुरक्षित रूपमा सम्पन्न गर्न अपनाउनुपर्ने उपायबारे निष्कर्ष निकालिने अपेक्षा गरिएको छ।





प्रतिकृया दिनुहोस्