काठमाडौँ,
आम नेपाली गार्मेन्ट व्यवसायको उच्च प्रतिस्पर्धा र दीर्घकालीन बजार व्यवस्थापनको उच्च जोखिम रहेको जसमा मूल्य र गुणस्तरको छुट्टै लडाईको बेला नेपाली गार्मेन्ट उद्योगमा फेरि अर्को नयाँ समस्या र चुनौती देखापरेको छ। विगत केही महिनादेखि भारतीय मुल्का ब्यक्ती हरु पूर्व युरोपियन कम्पनीको प्रतिनिधि हु भनी विभिन्न बेवसाइक साझेदारी दिलाइदिने बहाना गरी नेपालका विभिन्न गार्मेन्ट व्यवसायी र उद्योगीलाई भेट तथा विभिन्न सेमिनारको बहाना गराई विभिन्न किसिमका सम्झौता गराइदिन्छु भनी कतिपय व्यवसायीलाई प्रलोभनमा पारेको पाइएको छ। साथै केही व्यवसायीलाई त लेटर अफ क्रेडिटको व्यवस्था समेत गरिदिने भनी विभिन्न प्रलोभन देखाई पहिले नै केही लिखित परिणामको रकम टिटी मार्फत ठगी गर्ने गिरोह सक्रिय रहेको पाइयको छ! यसका बावजुद पनि विभिन्न व्यवसायीहरू हालको सक्रमनकालिन समयमा राम्रो मुनाफा आर्जन गर्ने प्रलोभनमा परी लाखौं ठगीको सिकार भएको पाइएको भनी गार्मेन्ट बेवसाइ राम कार्किले हाम्रा सम्बादाता लाई जानकारी गराउनु भयो । त्यसै त नेपालका व्यवसायीहरु विभिन्न कारणले अघि बढ्न नसकेको बेला झन् यस्ता प्रकृतिका ठगीहरुले व्यवसायीलाई डुबाउने र बेवसाइलाइनै पलायन बनाउने खतरा देखिएको !






प्रतिकृया दिनुहोस्