रुपन्देही। रुद्रपुर क्षेत्रमा एक स्थानीय युवामाथि आक्रमण, कुटपिट तथा धम्की दिइएको घटनामा प्रहरी कर्मचारीसमेत संलग्न रहेको गम्भीर आरोप सार्वजनिक भएको छ।
पीडितका अनुसार सुरुवाती चरणमा वाणिज्य तथा आपूर्ति उपभोक्ता कार्यालयका प्रवक्तासँग सम्पर्क हुन नसकेको जनाइएको छ।
उक्त घटनामा स्थानीय गणेश रेग्मी र उनका समूहले आफूमाथि आक्रमणको प्रयास गरेको आरोप लगाइएको छ। त्यस्तै, स्थानीय नारायण पाण्डेले ज्यान मार्ने धम्की दिएको दाबी गरिएको छ।
पीडितले इलाका प्रहरी कार्यालय रुद्रपुरका केही प्रहरी कर्मचारीसमेत घटनामा संलग्न रहेको उल्लेख गरेका छन्। निवेदन पेश गर्ने क्रममा तत्कालीन कार्यालय प्रमुख सुर्य शाहीलाई यसबारे जानकारी गराइएको बताइएको छ।
पीडितका अनुसार रुद्रपुरस्थित प्रहरी कर्मचारी कृष्ण सामत तथा मणिग्रामस्थित बुद्ध युवा क्लबका सदस्यहरूले मिलेर कुटपिट, दबाब, ह्रासमेन्ट तथा दुर्व्यवहार गरेको आरोप छ। यस्तै, सालझण्डी इलाका प्रहरी कार्यालयका एक कर्मचारी (सम्भवत: विकास थापा) समेत कुटपिटमा संलग्न रहेको दाबी गरिएको छ।


थप रूपमा, एक अन्य प्रहरी कर्मचारी (थर भण्डारी) ले घरमै पुगेर ढोका तोड्ने, आतंकवादी शैलीमा आक्रमण गर्ने, अपहरण गर्ने तथा कुटपिट गर्ने प्रयास गरेको आरोप पनि लगाइएको छ।
पीडितले बुद्ध युवा क्लब मणिग्रामका केही सदस्यहरूले समेत अपहरण तथा कुटपिटमा संलग्न रहेको बताएका छन्।
यस घटनासँग सम्बन्धित प्रहरी अधिकृत सुर्य शाही हाल सरुवा भइसकेका छन्।
घटनाबारे सम्बन्धित निकायबाट औपचारिक प्रतिक्रिया आउन बाँकी रहेको छ भने थप अनुसन्धान आवश्यक देखिएको छ।







प्रतिकृया दिनुहोस्