संवाददाता
१८ आश्विन २०८३, आईतवार १४:०९
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै असोज २० देखि २७ गतेसम्म देशव्यापी अभियान सञ्चालन गर्ने भएको छ। अभियानमा ७७ जिल्लाका ७५३ वटै पालिकामा सांसद र केन्द्रीय सदस्य परिचालन गर्ने पार्टीले जनाएको छ।
सहमहामन्त्री निशा डाँगीका अनुसार अभियानले स्थानीय सरकारको कामकारबाही र आगामी निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियाबारे नागरिकलाई जानकारी दिनेछ। साथै, सरकार र संसदमार्फत भएका नीतिगत पहल तथा आगामी योजनाबारे पनि जनतासँग छलफल गरिनेछ।





प्रतिकृया दिनुहोस्