संवाददाता
१८ आश्विन २०८३, आईतवार १४:२५
कर्णाली राजमार्ग र जुम्लाबाट मनाङ–मुस्ताङतर्फका सडक निर्माण तथा मर्मतका ठेक्का सम्झौता पालना नगरेको भन्दै ६ निर्माण कम्पनी कालोसूचीमा परेका छन्। सार्वजनिक खरिद अनुगमन कार्यालयले जुम्ला सडक डिभिजनको प्रतिवेदनपछि कारबाही गरेको हो।
बिनम्र निर्माण सेवा, शंकर माली निर्माण सेवा र मान शाही निर्माण सेवालाई तीन वर्षका लागि सार्वजनिक खरिदमा सहभागी हुन रोकिएको छ। ध्रुव बिल्डिङ सेवा र कश्यप कन्ट्र्याक्टर्सलाई दुई वर्ष तथा अविनाश निर्माण सेवालाई एक वर्ष कालोसूचीमा राखिएको छ। कारबाही अवधिभर ती कम्पनी सार्वजनिक खरिदमा सहभागी हुन पाउने छैनन्।





प्रतिकृया दिनुहोस्