यतिबेला ज्ञानेन्द्र शाहका नाती नवयुवराज हृदयन्द्र शाहको जुम्ला भ्रमण गरेको vlog (भ्लग) ले विश्वभर चर्चा पाइरहेको छ। उक्त vlog (भ्लग) मा हृदयन्द्र शाहले कर्णालीका विभिन्न पर्यटकीय स्थलहरू देखाएको, सामान्य नागरिक सरह जनताहरूसँग खुलेर कुरा गरेको, शालिन र सादगी जीवनशैली देखिएको प्रष्ट देख्न सकिन्छ।
हृदयन्द्र शाहको नम्र व्यवहार, शालीन प्रस्तुति र भद्र शैलीले गर्दा यतिखेर नेपाली जनताको आकर्षण ह्वात्तै बढेको देखिन्छ। कतिपय व्यक्तिहरूले त हृदयन्द्र शाहलाई दरबार हत्याकाण्डपछि मृत्यु भएका राजा वीरेन्द्र शाहसँग पनि तुलना गर्न थालेका छन्। उनका शिष्ट आचरण र सादगीपूर्ण जीवनशैली हेर्दा यस्तो अनुभूति हुन्छ कि कतै वीरेन्द्र शाहको आत्मा हृदयन्द्र शाहमाथि प्रवेश गरेको त होइन? या भनौँ, वीरेन्द्र शाहको मृत्युपछि उनी हृदयन्द्रको रूपमा पुनर्जन्म लिगेका हुन्, हृदयन्द्र शाह नै पूर्वजन्मको वीरेन्द्र शाह हुन् भन्ने आस्था र चर्चा जनमानसमा फैलिन थालेको छ।
यतिबेला आम जनताले यो कुरालाई व्यापक रूपमा बहसको रूपमा अगाडि बढाइरहेका छन्। गणतन्त्रवादी नेताहरूको दिनानुदिन बढ्दो भ्रष्टाचार र एकपछि अर्को प्रकरणले गर्दा उनीहरूप्रतिको आलोचना बढ्दो छ भने अर्कोतर्फ राजपरिवारका सदस्यहरूले गरेका हरेक सार्वजनिक गतिविधिहरू जनताको विशेष चासोको विषय बन्न थालेका छन्। यसरी शाहको यो vlog (भ्लग) भाइरल भएपछि कतिपयले त अब गणतन्त्र नै संकटमा पर्न सक्ने सम्भावना औंल्याउन थालेका छन्।
हृदयन्द्र शाह पछिल्लो समयमा युवा पुस्तामाझ अत्यधिक लोकप्रिय बन्दै गइरहेका छन्। सानो उमेरमै “बेबी किङ” को रूपमा परिचित भएका हृदयन्द्र शाह अहिले राजपरिवारको विरासत थाम्ने सम्भावित पात्रको रूपमा अगाडि बढिरहेका छन् भने आम जनताले पनि हृदयन्द्र शाहलाई पुनः राजा भएको देख्ने चाहना खुल्दै व्यक्त गर्न थालेका छन्।





प्रतिकृया दिनुहोस्