संवाददाता
३ पुष २०८२, बिहीबार १८:३१
नेकपा एमालेको एघारौँ महाधिवेशनमा अध्यक्ष पदमा पराजित ईश्वर पोखरेलले निर्वाचित नयाँ नेतृत्वलाई बधाई दिएका छन्। उनले आफू विजयी हुन नसके पनि पार्टीको अभियानमा आफ्नो सहभागिता निरन्तर रहने स्पष्ट पारेका छन्।
पोखरेलले अध्यक्षसहित सबै निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई सफल कार्यकालको शुभकामना दिँदै महाधिवेशन प्रतिनिधिहरूप्रति आभार व्यक्त गरे। साथै, महाधिवेशनमा उठाइएका सामूहिक नेतृत्व, विधि–पद्धतिमा आधारित पार्टी सञ्चालन र ‘नियन्त्रण तथा सन्तुलन’ जस्ता विषयहरू आगामी दिनमा थप बहसको विषय बन्ने विश्वास व्यक्त गरे।
देशभक्तिपूर्ण, लोकतान्त्रिक र समाजवादमुखी एमाले अभियानमा आफू अटुट रूपमा संलग्न रहने उनले दोहोर्याए।





प्रतिकृया दिनुहोस्