काठमाडौँ ।
श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) बीच भएको सात बुँदे सम्झौताको तीव्र विरोध गरेका छन्।
आज बिहान साढे ३ बजेदेखि सवा ११ बजेसम्म उनले सामाजिक सञ्जाल फेसबुकमार्फत ३१ भन्दा बढी पोस्ट गर्दै सम्झौताविरुद्ध असन्तुष्टि जनाएका हुन्।
रवि लामिछाने पार्टी सभापति रहने र बालेन शाह आगामी निर्वाचनपछि प्रधानमन्त्री बन्ने सहमति सार्वजनिक भएपछि साम्पाङले व्यंग्यात्मक प्रतिक्रिया दिँदै लेखेका छन्, ‘हाहा… जनतामा जाने साहस नहुनेले प्रधानमन्त्री बन्ने सपना देखेछ !’ भन्दै कडा टिप्पणी गरेका छन्।
उनले लाइभ भिडियो, स्ट्याटस र अन्य प्रयोगकर्ताले रवि र बालेनविरुद्ध पोस्ट गरेका सामग्रीहरू समेत शेयर गर्दै निरन्तर विरोध जनाइरहेका छन्।





प्रतिकृया दिनुहोस्