संवाददाता
९ पुष २०८२, बुधबार १७:३५
पूर्व गृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता रमेश लेखकलाई जाँचबुझ आयोगमा उपस्थित भएर बयान दिन पार्टीभित्रबाट सुझाव आएको छ। बुधबार सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको कांग्रेस बैठकमा यस विषयमा छलफल भएको हो।
बैठकमा सहभागी नेताहरूले आयोगले बोलाएको अवस्थामा बयान दिन जानु उपयुक्त हुने धारणा राखेका थिए। प्रवक्ता प्रकाशशरण महतका अनुसार निवर्तमान गृहमन्त्री लेखकलाई बयानका लागि बोलाइएको विषय बैठकमा उठेको थियो र अधिकांश नेताहरूले सहयोगी भूमिकामा प्रस्तुत हुन सुझाव दिएका थिए।
आयोगले लेखकलाई हिजो मात्रै बयानका लागि बोलाएको थियो। कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज सकिएको र भोलि दिउँसो १ बजे पुनः बस्ने प्रवक्ता महतले जानकारी दिए।





प्रतिकृया दिनुहोस्