समाचार
चन्द नेतृत्वको नेकपा (माओवादी)ले सरकारविरुद्ध आन्दोलन सुरू गर्यो
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी)ले सरकारविरुद्ध आन्दोलन सुरू गरेको छ। शुक्रबारदेखि काठमाडौंमा आन्दोलनका कार्यक्रम सुरू गरिएको पार्टीले जनाएको छ। आन्दोलनको सुरुवातसँगै माओवादी कार्यकर्ताहरूले सरकारविरोधी नाराबाजी गर्दै प्रदर्शन गरेका छन्। चन्द नेतृत्वको नेकपा (माओवादी)ले सर्वपक्षीय सरकार गठन हुनुपर्ने माग अघि सारेको छ। आन्दोलनको घोषणा गर्दै महासचिव नेत्रविक्रम चन्दले अन्तरिम सरकारको नेतृत्व गरिरहेकी प्रधानमन्त्री […]
पूरा पढ्नुहोस्
एमाले सचिवालय बैठक भोलि, समानुपातिक उम्मेदवार सूची तयार गर्ने तयारी
काठमाडौं, नेकपा (एमाले) ले सचिवालय बैठक बोलाएको छ। भोलि (आइतबार) बिहान ११ बजे पार्टी मुख्यालय च्यासलमा सचिवालय बैठक बस्ने तय भएको हो। बैठकमा प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवार सूची तयार गर्ने विषयमा छलफल हुने बताइएको छ। निर्वाचन कार्यतालिका नजिकिँदै जाँदा एमालेले संगठनात्मक र चुनावी तयारीलाई तीव्र बनाएको देखिन्छ। यसअघि प्रतिनिधिसभा पुनःस्थापनाको वकालत गर्दै आएको एमालेले […]
पूरा पढ्नुहोस्
जेनजी कुनै दलको पक्षमा छैन, राष्ट्रहितका लागि वैकल्पिक शक्तिलाई एकताबद्ध गरिरहेका छौँ : सुदन गुरुङ
काठमाडौँ । जेनजी प्रतिनिधि सुदन गुरुङले आफूहरू कुनै पनि राजनीतिक दलमा संलग्न नरहेको स्पष्ट गर्दै राष्ट्रको हित र जनताको इच्छालाई सर्वोपरि राखेर वैकल्पिक शक्तिहरूलाई एकताबद्ध गर्ने अभियानमा लागेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै गुरुङले सत्ता, पद वा व्यक्तिगत प्रसिद्धिले जेनजी आन्दोलनलाई आकर्षित नगर्ने उल्लेख गरेका छन्। उनले बलिदानको जगमा उभिएर सत्ता […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री कार्कीको तीन दलका शीर्ष नेतालाई चुनावी निम्तो, ‘निर्वाचन जसरी पनि सफल पारौँ’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन दलका शीर्ष नेताहरूलाई आगामी निर्वाचनमा सहभागी हुन आग्रह गरेकी छिन्। शनिबार बालुवाटारमा आयोजित छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उनले चुनावी निम्तो दिएकी हुन्। छलफलको सुरुआतमा प्रधानमन्त्री कार्कीले आफ्नो निमन्त्रणालाई स्वीकार गर्दै बालुवाटार आएकोमा […]
पूरा पढ्नुहोस्
रास्वपा–बालेन समूहबीचको निर्णायक वार्ता अनिश्चित, ५०–५० पावर सेयरिङमा अड्कियो सहमति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेतृत्वको समूहबीच शनिबार निर्णायक हुने भनिएको वार्ता अनिश्चित बनेको छ। शक्ति बाँडफाँट (पावर सेयरिङ) को विषयमा सहमति जुट्न नसक्दा वार्ता अन्योलमा परेको हो। शुक्रबार अबेरसम्म भएको दुई पक्षीय छलफलमा बालेन पक्षले ५०–५० प्रतिशत पावर सेयरिङको प्रस्ताव राखेपछि सहमति हुन नसकेको स्रोतले जनाएको छ। […]
पूरा पढ्नुहोस्
बालेन–रवि–कुलमान एकताप्रति प्रदीप ज्ञवालीको टिप्पणी: विचार मिलेको हो कि स्वार्थ, समयले बताउँछ
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच एकताको चर्चा चलिरहेका बेला नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले त्यसलाई सकारात्मक रूपमा लिएका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै नेता ज्ञवालीले विचार मिल्ने शक्तिहरू एक ठाउँमा उभिनु लोकतान्त्रिक प्रतिस्पर्धाकै हिस्सा भएको बताएका छन्। यद्यपि, यो एकता साँच्चिकै […]
पूरा पढ्नुहोस्
चुनावी राजनीतिमा सक्रिय हुँदै बालेन, हट्यो पहिचान बनेको कालो चस्मा
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पछिल्लो समय चुनावी राजनीतिमा सक्रिय देखिन थालेका छन्। विभिन्न राजनीतिक दल, जेन–जी अगुवा र नेताहरूसँग निरन्तर छलफलमा जुटिरहेका बालेन हाल सार्वजनिक कार्यक्रममा कालो चस्माबिनै देखिन थालेका छन्। र्यापरका रूपमा पहिचान बनाएका बालेन स्वतन्त्र उम्मेदवार बनेर काठमाडौं महानगरको मेयर निर्वाचित हुँदा उनको कालो चस्मा पनि पहिचानकै रूपमा स्थापित भएको थियो। ‘बालेन […]
पूरा पढ्नुहोस्
स्ट्यान्डर्ड खबरका फोटो पत्रकार तथा समाजसेवी रमेश (राजु) रेग्मीबाट विद्यालयलाई लाखौंको सहयोग
काठमाडौँ । गङ्गाजमुना गाउँपालिका वार्ड नं ७, धादिङ निवासी समाजसेवी तथा होटल चिसापानीका सञ्चालक रमेश (राजु) रेग्मीले शिक्षा क्षेत्रमा पुर्याउँदै आएको योगदानलाई यसपटक पनि निरन्तरता दिएका छन्। सामाजिक उत्तरदायित्वसँगै पत्रकारितामा समेत सक्रिय रहँदै आएका रेग्मी Standard Khabar Media का फोटो पत्रकारसमेत हुन्। शिवपुरी गाउँपालिका–१ मा अवस्थित श्री भूमे देवी माध्यमिक विद्यालयलाई रेग्मीले १ लाख ५१ […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री र तीन दलका शीर्ष नेताबीच शनिबार निर्वाचनबारे छलफल
प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच शनिबार निर्वाचनका विषयमा छलफल हुने भएको छ। यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको अगुवाइमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताबीच शीतलनिवासमा भेटवार्ता भएको थियो। त्यसैको निरन्तरताका रूपमा प्रधानमन्त्री कार्कीले शनिबार तीन दलका नेतासँग पुनः छलफल गर्न लागेकी हुन्। शुक्रबार सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर […]
पूरा पढ्नुहोस्
सञ्चारमन्त्री खरेलको एमाले अध्यक्ष ओलीसँग भेट, निर्वाचनबारे छलफल
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। खरेल भक्तपुरको गुण्डुस्थित ओली निवासमा पुगेर अध्यक्ष ओलीसँग भेट गरेका हुन्। भेटका क्रममा समसामयिक राजनीतिक अवस्था र फागुन २१ गते तोकिएको निर्वाचनका विषयमा छलफल भएको सञ्चारमन्त्रीको सचिवालयले जनाएको छ। सो अवसरमा सञ्चारमन्त्री खरेलले शनिबार तय भएको तीन दलका शीर्ष नेता […]
पूरा पढ्नुहोस्



