समाचार
ज्वागलबाट राजनीतिक गतिविधि बढाउँदै बालेन, रास्वपासँग एकता र चुनावी तयारीमा सक्रिय
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह ललितपुरको ज्वागलस्थित देश विकास पार्टीको कार्यालयबाट राजनीतिक गतिविधि गरिरहेका छन्। स्रोतका अनुसार बालेनले रास्वपासँगको एकता प्रक्रिया टुंग्याउन आफ्नो तर्फबाट आवश्यक तयारी अघि बढाइरहेका हुन्। समानुपातिक उम्मेदवार सूची विवादपछि असन्तुष्ट बनेका जेन–जी समूहका नेताहरूसँग बालेनले निरन्तर भेटघाट गरिरहेका छन्। सूचीमा आफूले सिफारिस गरेका नाम छुटाइएपछि रुष्ट बनेका […]
पूरा पढ्नुहोस्
महाधिवेशन विवाद चर्किँदा संस्थापन पक्षका २५ केन्द्रीय सदस्य देउवासँग भेटवार्ता
काठमाडौं । नेपाली कांग्रेसमा चुनावअघि नै महाधिवेशन गरिनुपर्ने पक्षमा खुलेका संस्थापन पक्षका २५ केन्द्रीय सदस्यले सभापति शेरबहादुर देउवालाई भेटेका छन्। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगन गरी विशेष महाधिवेशन आह्वानको तयारी गरेपछि संस्थापन पक्षका नेताहरू देउवालाई भेट्न पुगेका हुन्। आज बिहान महाराजगन्जस्थित निवासमा भएको भेटमा नेताहरूले पार्टी अप्ठ्यारो अवस्थामा पुगेको भन्दै […]
पूरा पढ्नुहोस्
आइतबार सम्म सम्झौता नभए आन्दोलनमा जाने दुर्गा प्रसाईंको चेतावनी
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले आइतबारसम्म सरकारसँग सम्झौता नभए आन्दोलनमा उत्रने चेतावनी दिएका छन्। बिहीबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसहितको उपस्थितिमा भएको वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले आइतबारसम्मको समय मागेको बताए। प्रसाईंका अनुसार प्रधानमन्त्री कार्कीले आइतबारसम्म सम्झौता गर्ने र सोमबारको मन्त्रिपरिषद् बैठकबाट त्यसको कार्यान्वयन गर्ने निर्णय […]
पूरा पढ्नुहोस्
रवि लामिछानेः विधिविपरीत नाम काटिन्छन्, रास्वपा घन्टी लिएर एक्लै चुनावमा जान्छ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र देखिएका विवाद, समानुपातिक उम्मेदवार छनोट, बालेन शाहसँगको सहकार्य र आगामी निर्वाचन रणनीतिबारे स्पष्ट धारणा सार्वजनिक गरेका छन्। पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीभित्रका आलोचनालाई लोकतन्त्रको स्वस्थ अभ्यासको रूपमा लिँदै विधिविपरीत परेका उम्मेदवारका नाम काटिने बताएका हुन्। समानुपातिक उम्मेदवार छनोटमा प्राइमरी इलेक्सनको मर्ममाथि उठेका प्रश्न […]
पूरा पढ्नुहोस्
देउवाको छलफलमा नजाने गगन, विशेष महाधिवेशनको प्रतिवेदन बनाउन धुलिखेल प्रस्थान
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छलफलका लागि बोलाए पनि महामन्त्री गगन थापा सहभागी नहुने भएका छन्। उनी विशेष महाधिवेशनको प्रतिवेदन तयार गर्न काभ्रेको धुलिखेल जाने तयारीमा छन्। महामन्त्री थापाका स्वकीय सचिव शंकर कुइकेलका अनुसार थापा बिहीबार साढे ४ बजे धुलिखेल जाने पूर्वनिर्धारित तालिकामा छन्। ‘विशेष महाधिवेशनको प्रतिवेदन तयार पार्न २–४ दिन धुलिखेल जाने […]
पूरा पढ्नुहोस्
नागरिक बचाउ अभियानका मागबारे सरकारसँग पुनः संवाद
काठमाडौं । नागरिक बचाउ अभियानले उठाएका मागका विषयमा सरकार पुनः संवादमा बसेको छ। प्रधानमन्त्री सुशीला कार्कीले अभियानका संयोजक दुर्गा प्रसाईं नेतृत्वको टोलीसँग सिंहदरबारमा भेटवार्ता गरेकी हुन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याल र सञ्चारमन्त्री जगदीश खरेल पनि सहभागी थिए। भेटमा अभियानले अघि सारेका माग र तिनको कार्यान्वयनबारे विस्तृत छलफल भएको प्रधानमन्त्रीको […]
पूरा पढ्नुहोस्
चौतर्फी आलोचनापछि रास्वपाको बन्दसूची संशोधन तयारी, रवि–कुलमानले स्वीकारे त्रुटि
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर चौतर्फी आलोचना भएपछि पार्टी नेतृत्वले सूची संशोधन गर्ने तयारी गरेको छ। विवाद बढेपछि सभापति रवि लामिछाने र ऊर्जामन्त्री तथा उज्यालो नेपालका संरक्षक कुलमान घिसिङले सार्वजनिक रूपमा त्रुटि सच्याउने प्रतिबद्धता जनाएका छन्। तर सहकार्यको अर्को पक्ष काठमाडौं महानगरका मेयर बालेन […]
पूरा पढ्नुहोस्
शीतलहर बढेपछि वीरगञ्जमा तीन दिन विद्यालय बन्द
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले शीतलहर तीव्र बनेसँगै तेस्रोपटक पुनः तीन दिनका लागि विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ। महानगर क्षेत्रमा पछिल्लो दुई सातादेखि निरन्तर चिसो बढ्दै गएपछि पुस १६ देखि १८ गतेसम्म सामुदायिक तथा संस्थागत विद्यालयहरूमा थप बिदा दिने निर्णय गरिएको हो। यसअघि महानगरले दुई […]
पूरा पढ्नुहोस्
आन्तरिक विवाद अन्त्य गरेर निर्वाचनमा होमिन शेखर कोइरालाको आह्वान
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएका विवाद अन्त्य गर्दै एकताबद्ध भएर आगामी निर्वाचनमा होमिनुपर्ने बताएका छन्। राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा सन्देश जारी गर्दै उनले भावी पुस्तालाई समृद्ध नेपाल हस्तान्तरण गर्न सबै प्रकारका मतभिन्नता र व्यक्तिगत महत्वाकांक्षा त्याग्न आवश्यक रहेको उल्लेख गरेका हुन्। नेता कोइरालाले लोकतन्त्रको रक्षाका लागि […]
पूरा पढ्नुहोस्
रास्वपाको समानुपातिक सूचीमा उज्यालो नेपालका १४ जना समेटिँदा विवाद, कुलमानको एकल सिफारिसप्रति असन्तुष्टि
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा उज्यालो नेपालका १४ जनाले स्थान पाएपछि पार्टीभित्र असन्तुष्टि चुलिएको छ। उम्मेदवार छनोट प्रक्रियामा पार्टी संरक्षक तथा उर्जामन्त्री कुलमान घिसिङको एकल तजबिज हावी भएको आरोप नेताहरूले लगाएका छन्। उज्यालो नेपालले सुरुमा १८ जनाको नाम रास्वपालाई सिफारिस […]
पूरा पढ्नुहोस्



