Monday, April 20

समाचार

रवि–बालेनबीच पार्टी एकता वा सहकार्य आजै टुंगो लाग्ने संकेत

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहबीच पार्टी एकता वा चुनावी सहकार्यको घोषणा आज रातिसम्म हुने संकेत देखिएको छ। दुवै नेताबीच पार्टीको नाम, चुनाव चिह्न र उम्मेदवारको अनुपातबारे अन्तिम छलफल भइरहेको निकट स्रोतले जनाएको छ। स्रोतका अनुसार रास्वपाका तर्फबाट ७० र बालेन पक्षबाट ३० प्रतिशतको अनुपातमा समानुपातिक उम्मेदवार […]

पूरा पढ्नुहोस्

मेयर बालेन शाहलाई भेट्न खग्रेन्द्र सुनार पनि कुपण्डोल पुगे

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहसँग भेटवार्ता गर्न खग्रेन्द्र सुनार ललितपुरको कुपण्डोल पुगेका छन्। बालेन शाह हाल आफ्ना सहयोगी कुमार बनेको निवासमा बसेर राजनीतिक भेटघाट गरिरहेका छन्। ‘हाम्रो पार्टी नेपाल’ गठन गरेर चुनावी तयारीमा रहेका सुनार सोही क्रममा मेयर शाहसँग भेट गर्न कुपण्डोलस्थित छलफल स्थलमा पुगेका हुन्। यसअघि सोही स्थानमा बालेन शाहले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति […]

पूरा पढ्नुहोस्

फागुन २१ को चुनाव नयाँ शक्तिको उदयको प्रस्थानविन्दु हुनुपर्छ : ऊर्जामन्त्री घिसिङ

ऊर्जामन्त्री कुलमान घिसिङले आगामी प्रतिनिधि सभाको चुनाव नयाँ शक्ति उदयको प्रस्थानविन्दु हुनुपर्ने बताएका छन्। बिहीबारदेखि सुरु गरिएको उज्यालो नेपाल पार्टीको कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार चुनाव गराउने उद्देश्यले गठन भएको स्पष्ट पारे। ‘जेन–जी आन्दोलनबाट बनेको वर्तमान परिस्थितिका कारण यो सरकार बनेको हो, र यसको मुख्य काम चुनाव गराउनु हो,’ मन्त्री घिसिङले भने, […]

पूरा पढ्नुहोस्

अवामी लिगलाई बंगलादेशको आगामी चुनावमा भाग लिन नदिइने, हसिनाको कडा विरोध

बंगलादेशको अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगलाई फेब्रुअरी २०२६ मा हुने राष्ट्रिय संसदीय निर्वाचनमा भाग लिन नदिने स्पष्ट पारेको छ। पार्टीका गतिविधिमा प्रतिबन्ध कायम रहेकाले चुनाव लड्न अनुमति नदिइने सरकारको अडान छ। पत्रकार सम्मेलनमा अमेरिकी सांसदहरूले अवामी लिगमाथिको प्रतिबन्धप्रति चिन्ता व्यक्त गर्दै पत्र लेखेको विषयमा सोधिएको प्रश्नमा अन्तरिम सरकारका प्रमुख सल्लाहकारका प्रेस सचिव […]

पूरा पढ्नुहोस्

मेयर बालेन शाह र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबीच भेटवार्ता

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबीच आज अपराह्न भेटवार्ता भएको छ। भट्टराई अपराह्न ४ बजेर २० मिनेटमा ललितपुरस्थित छलफल स्थलमा पुगेर मेयर शाहसँग संवाद गरेका हुन्। स्रोतका अनुसार भट्टराईको आगमनसँगै दुवैबीच भेटवार्ता सुरु भएको हो। पछिल्लो समय मेयर शाहले लगातार राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन्। मेयर शाहले बुधबार र बिहीबार विभिन्न राजनीतिक […]

पूरा पढ्नुहोस्

नेपाललाई बंगलादेश बन्न दिन हुँदैन : प्रधानमन्त्री सुशीला कार्की

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई बंगलादेश जस्तो अवस्था बन्न दिन नहुने बताएकी छन्। बाह्रखरी कथा प्रतियोगिताका विजेता घोषणा तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेकी हुन्। प्रधानमन्त्री कार्कीले अन्तरिम सरकार ‘अचानो’ जस्तो अवस्थामा पुगेको टिप्पणी गर्दै राजनीतिक दल र जेन–जी समूहबाट दिनदिनै सरकार छोड्न दबाब र गालीगलौज भइरहेको बताइन्। सबैतिरबाट […]

पूरा पढ्नुहोस्

रवि–बालेनबीच झण्डै चार घण्टा वान–टु–वान वार्ता, रविका संकेतात्मक प्रतिक्रिया

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहबीच आज झण्डै चार घण्टा लामो ‘वान–टु–वान’ वार्ता भएको छ। कुपण्डोलस्थित बालेन शाहका सहयोगीको निवासमा भएको भेटवार्ता सकिएपछि बाहिर निस्किएका रवि लामिछानेलाई सञ्चारकर्मीहरूले दुई वटा प्रश्न गरेका थिए। पहिलो प्रश्नमा उनलाई ‘लौरो नै टेक्ने हो कि घण्टी बजाउने हो?’ भनेर सोधिएको थियो। यसमा रविले […]

पूरा पढ्नुहोस्

एमाले महाधिवेशनका स्वयंसेवक युवाको ओलीद्वारा प्रशंसा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको राष्ट्रिय महाधिवेशनमा खटिएका स्वयंसेवक युवाले उच्च आदर्श र अनुशासन देखाएको बताएका छन्। स्वयंसेवक सम्मान कार्यक्रममा सम्बोधन गर्दै ओलीले एमालेका युवाले कुलतमा नलागी कर्तव्यपालनाका साथ महाधिवेशन सफल बनाउन योगदान दिएको भन्दै प्रशंसा गरे। तीन दिनका लागि तय गरिएको महाधिवेशन छ दिनसम्म चले पनि स्वयंसेवकहरू रातदिन नभनी तदारुकताका साथ खटिएको […]

पूरा पढ्नुहोस्

पुसभित्र ३ तहको मात्रै अधिवेशन गर्न गगन थापाको प्रस्ताव

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पुसभित्र वडा, क्षेत्र र केन्द्रीय गरी ३ तहको मात्रै अधिवेशन गर्न प्रस्ताव गरेका छन्। उनले बुधबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठकमा यो प्रस्ताव राखेका हुन्। यसअघि केन्द्रीय समितिले वडा, पालिका, प्रदेश सभा क्षेत्र, प्रतिनिधि सभा क्षेत्र, जिल्ला र प्रदेश हुँदै ७ तहको अधिवेशनपछि केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको […]

पूरा पढ्नुहोस्

रवि लामिछाने–बालेन शाहबीच सहकार्यबारे छलफल, सहमतिका लागि दबाब दिँदै गेटमै ताला

फागुन २१ गते हुने निर्वाचनमा सहकार्यको सम्भावनाबारे राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच छलफल भइरहेको छ। ललितपुरस्थित बालेन शाहका सहयोगी कुमार बेनको निवासमा छलफल चलिरहेको हो। छलफल स्थलभित्र रवि र बालेनबीच संवाद भइरहँदा बाहिर भने जेन–जी अभियन्ता सुदन गुरुङ उपस्थित छन्। गुरुङले सहमतिको दबाब दिन आफू त्यहाँ पुगेको बताएका […]

पूरा पढ्नुहोस्