Tuesday, October 27

समाचार

दीपक गिरीले कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका नेता दीपक गिरीले पार्टीको १५औँ महाधिवेशनमा केन्द्रीय उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले आइतबार सामाजिक सञ्जालमार्फत घोषणा गर्दै पार्टीलाई एकताबद्ध र संगठनलाई थप सक्रिय बनाउने लक्ष्य रहेको बताएका छन्। कांग्रेसको महाधिवेशन आज काठमाडौंमा सुरु हुँदैछ। नयाँ नेतृत्व चयनका लागि निर्वाचन असोज २१ र २२ गते हुने तालिका छ।

पूरा पढ्नुहोस्
गगन थापा बैठकमा सहभागी भएको फाइल तस्बिर

गगन थापाले कांग्रेसको आगामी पाँच वर्षको राजनीतिक दस्तावेज पेस गर्ने

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति गगन थापाले आगामी पाँच वर्षका लागि पार्टीको राजनीतिक दस्तावेज प्रस्तुत गर्ने तयारी गरेका छन्। कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार दस्तावेजमा राजनीतिक दिशा, अर्थनीति, उत्पादन, रोजगारी र विदेश नीतिका विषय समेटिनेछन्। उपसभापति विश्वप्रकाश शर्माले समसामयिक राजनीति र पार्टीको संरचनागत सुधारबारे छुट्टै प्रतिवेदन पेस गर्नेछन्। विधान संशोधनमार्फत युवा, महिला, पिछडिएका […]

पूरा पढ्नुहोस्
बैठकमा छलफल गरिरहेका व्यक्तिहरू

कांग्रेसमा पदाधिकारी संख्या बढाउने समझदारी, निर्णय बन्दसत्रबाट

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा पार्टीका पदाधिकारीको संख्या बढाउने विषयमा नेताहरूबीच समझदारी बनेको छ। प्रस्तावअनुसार उपसभापति दुईबाट चार र सहमहामन्त्री ११ बाट १३ पुर्‍याउने योजना छ। उपसभापतितर्फ वरिष्ठ पद सिर्जना गर्ने र महिला प्रतिनिधित्व सुनिश्चित गर्ने विषय प्रस्तावमा समेटिएको छ। सहमहामन्त्रीका थप दुई पदको व्यवस्थाबारे पनि सहमति भएको बताइएको छ। यो संरचना अझै […]

पूरा पढ्नुहोस्
खुला आकाशमुनि फहराइरहेको नेपालको राष्ट्रिय झण्डा

कांग्रेस महाधिवेशनमा ओली नजाने, एमालेबाट पोखरेल सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको आज दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा हुने उद्घाटनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी नहुने भएका छन्। उनको सट्टा एमाले महासचिव शंकर पोखरेल सहभागी भई शुभकामना दिने एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले बताएका छन्। कांग्रेसले उद्घाटन समारोहमा विभिन्न दलका नेताहरूलाई शुभकामना दिन निमन्त्रणा गरेको छ। कार्यक्रम सुरु […]

पूरा पढ्नुहोस्
नेपालको राजनीतिक सभाको सांकेतिक दृश्य

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, नेतृत्व चयन असोज २१–२२ मा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा उद्घाटन हुँदैछ। महाधिवेशनमा देशभर तथा विदेशस्थित जनसम्पर्क समितिबाट ७,५०० भन्दा बढी प्रतिनिधि सहभागी हुने बताइएको छ। संशोधित कार्यतालिकाअनुसार असोज १९ र २० गते बन्दसत्र हुनेछ भने असोज २१ र २२ गते नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुनेछ। भारी वर्षा, बाढी र पहिरोले विभिन्न […]

पूरा पढ्नुहोस्

क्षितिज नाट्य प्रतिष्ठान नेपालको काठमाडौंमा शाखा विस्तार

काठमाडौं । क्षितिज नाट्य प्रतिष्ठान नेपालको काठमाडौं शाखा विस्तार कार्यक्रम काठमाडौंको जमलस्थित होटल येलो प्यागोडामा सम्पन्न भएको छ। नाट्य तथा कला क्षेत्रको विकास, संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित प्रतिष्ठानले काठमाडौंमा आफ्नो शाखा विस्तार गरेको जनाएको छ। शाखा विस्तार कार्यक्रममा कला, साहित्य तथा नाट्य क्षेत्रसँग सम्बन्धित विभिन्न व्यक्तित्वहरूको सहभागिता रहेको थियो। कार्यक्रममा काठमाडौं शाखाको आवश्यकता, आगामी […]

पूरा पढ्नुहोस्

निर्माण क्षेत्र धराशायी,समयमै सुधार नभए केही वर्षमै व्यवसायी पलायनको जोखिम

काठमाडौं । सडक, पुल, खानेपानी, विद्यालय, अस्पतालदेखि देशका अधिकांश भौतिक पूर्वाधार निर्माण गर्ने क्षेत्र आज स्वयं गम्भीर संकटमा पुगेको छ। विकास निर्माणको मेरुदण्ड मानिने निर्माण क्षेत्र अहिले आर्थिक अभाव, नीतिगत अस्थिरता, प्रशासनिक ढिलासुस्ती र सरकारी भुक्तानी प्रणालीको कमजोरीले थिलथिलो बन्दै गएको व्यवसायीहरूको भनाइ छ। निर्माण व्यवसायीहरूका अनुसार अहिले देखिएका समस्या सामान्य प्रशासनिक कमजोरी मात्र होइनन्। […]

पूरा पढ्नुहोस्

मूल्यवृद्धिको मार खेप्दै पनि कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न

असार १२ — निरन्तरको वर्षापछि आएको बाढीले कालिदह खोलाको मूल बाटो कटान गरेर ठूलो दरी बनाएपछि बुङमतीवासी महिनौँदेखि सास्ती खेप्दै आएका थिए। वर्षायाम सुरु भएसँगै खोलामा पानीको बहाव बढेपछि स्थानीयको दैनिक जनजीवन नै प्रभावित भएको थियो। विद्यार्थीलाई विद्यालय जान, किसानलाई उत्पादन गरिएको बाली तथा तरकारी बजारसम्म पुर्‍याउन, सर्वसाधारणलाई दैनिक आवतजावत गर्न तथा बिरामीलाई समयमै स्वास्थ्य […]

पूरा पढ्नुहोस्

चार वर्षभन्दा बढी प्रतीक्षापछि सिद्धलेखको कालिदह–कुम्पुर मोटरेबल पुल निर्माण सम्पन्न

धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर १ र ५ लाई जोड्ने कालिदह–कुम्पुर मोटरेबल पुल (थोपल खोला) अन्ततः निर्माण सम्पन्न भएको छ। २०७८ सालमा शिलान्यास गरिएको उक्त पुल निर्धारित १८ महिनाभित्र सम्पन्न हुनुपर्ने भए पनि विभिन्न प्राविधिक तथा प्राकृतिक चुनौतीका कारण लक्ष्यभन्दा झण्डै तीन वर्ष ढिलो गरी २०८३ साल जेष्ठ महिना निर्माण सम्पन्न भएको हो। पुल निर्माण […]

पूरा पढ्नुहोस्

नेपाली कांग्रेसद्वारा केन्द्रीय अनुशासन समिति पुनर्गठन

काठमाडौं । नेपाली कांग्रेस ले केन्द्रीय अनुशासन समिति पुनर्गठन गरेको छ। पार्टी सभापति गगन थापा ले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३४ को उपधारा (७) अनुसार समिति पुनर्गठन गरेको जानकारी का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलाल ले दिएका छन्। नयाँ समितिको संयोजकमा तारामान गुरुङ लाई जिम्मेवारी दिइएको छ। यस्तै सदस्यहरूमा धना खतिवडा, रमेशप्रसाद धमला […]

पूरा पढ्नुहोस्