Monday, April 20

समाचार

सहिदहरूको त्यागले देशलाई परिवर्तनको मोडमा पुर्‍यायो : प्रधानमन्त्री कार्की

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले सहिद दिवसको अवसरमा सन्देश जारी गर्दै सहिदहरूको साहस, चेतना र दृढ संकल्पकै कारण आज देश ऐतिहासिक परिवर्तनको चरणमा उभिएको बताएकी छन्। उनले नागरिक स्वतन्त्रता र लोकतन्त्रको रक्षाका लागि आफ्नो जीवन समर्पण गर्ने सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै अब कुनै पनि आमाको काख फेरि रित्तिन नपरोस् भन्ने कामना व्यक्त गरिन्। सन्देशमा […]

पूरा पढ्नुहोस्

शहीदहरूले रोपेको बीउबाट लोकतान्त्रिक अधिकार फलेको छ : ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शहीद दिवसको अवसरमा शुभकामना सन्देश दिँदै आज देशले उपभोग गरिरहेका लोकतान्त्रिक अधिकारको जग शहीदहरूको त्याग र बलिदानबाट बनेको बताएका छन्। सन्देशमार्फत उनले १९९७ सालका शहीदहरूको योगदान स्मरण गर्दै निरंकुश र जहानियाँ शासनविरुद्ध सुरु भएको आन्दोलनले नै लोकतान्त्रिक चेतनाको बीउ रोपेको उल्लेख गरे। अध्यक्ष ओलीले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, […]

पूरा पढ्नुहोस्

सहिदका सपना अझै अधुरा छन् : प्रचण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद दिवसको अवसरमा देश परिवर्तनका लागि जीवन आहुति दिने सहिदहरूको सपना अझै पूर्ण रूपमा साकार नभएको बताएका छन्। सन्देशमार्फत उनले राष्ट्र, लोकतन्त्र र सामाजिक न्यायका लागि बलिदान दिने ज्ञात तथा अज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपालको राजनीतिक परिवर्तन सहिदहरूको त्याग र रगतको इतिहाससँग जोडिएको उल्लेख गरे। प्रचण्डले […]

पूरा पढ्नुहोस्

रवि लामिछानेको स्वास्थ्य स्थिर, शिक्षण अस्पतालमा उपचार जारी

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको स्वास्थ्य अवस्था सामान्य रहेको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले जनाएको छ। अस्पतालका अनुसार उनको देब्रे खुट्टामा देखिएको संक्रमणका कारण केही दिनदेखि उपचार भइरहेको हो। माघ ५ गते जनकपुरमा आयोजित एक कार्यक्रममा सहभागी हुने क्रममा खुट्टामा चोट लागेपछि समस्या सुरु भएको अस्पतालले जनाएको छ। प्रारम्भिक रूपमा औषधि सेवन गर्दा पनि […]

पूरा पढ्नुहोस्

सुदूरपश्चिममा भाइरल सागर ढकालको पुरानो प्रसंग, सामाजिक सञ्जालमा बहस चर्कियो

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गुल्मी–१ बाट प्रतिनिधिसभा उम्मेदवार सागर ढकालको एक भिडिओ सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ। डडेलधुरासँग जोडिएको उनको कथनलाई लिएर सुदूरपश्चिमका प्रयोगकर्तामाझ समर्थन र आलोचना मिसिएको बहस देखिएको हो। २०७९ को प्रतिनिधिसभा निर्वाचनमा ढकाल नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारका रूपमा डडेलधुरा पुगेका थिए। यसपटक भने देउवा निर्वाचनमा […]

पूरा पढ्नुहोस्

खगेन्द्र सुनारको पुरानो भिडिओले रास्वपामा तरंग, पार्टी नेतृत्वबाट मिश्रित प्रतिक्रिया

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा उम्मेदवार खगेन्द्र सुनारको एक पुरानो अन्तर्वार्ताको अंश सामाजिक सञ्जालमा भाइरल भएपछि पार्टीभित्र र बाहिर चर्चा चुलिएको छ। उक्त क्लिपमा उनले ‘नेपालमा गाई खान पाउनुपर्ने’ धारणा राखेको जस्तो देखिएपछि मतदाता र राजनीतिक वृत्तमा प्रश्न उठ्न थालेका हुन्। दलित अभियानसँग जोडिएर चर्चामा आएका सुनार यसअघि पनि आफ्ना […]

पूरा पढ्नुहोस्

जेनजी आन्दोलनबारे सुदन गुरुङको दाबी, “पहिला गोली, पछि संरचना जल्यो”

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गोरखा–१ बाट प्रतिनिधिसभा उम्मेदवार सुदन गुरुङले जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत आन्दोलनको सुरुआतमा सुरक्षा बलबाट गोली चलेको र त्यसपछि मात्रै सिंहदरबारमा आगलागी भएको दाबी गरेका हुन्। फेसबुकमा लेख्दै गुरुङले युवाहरू ढलेपछि मात्र संरचना जल्ने अवस्था आएको उल्लेख गरे। उनका अनुसार घटनाको […]

पूरा पढ्नुहोस्

सिंहदरबारमा सुरक्षा परिषद्को बैठक, चुनाव र समसामयिक सुरक्षा एजेन्डामा छलफल

काठमाडौं। राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहदरबारस्थित परिषद्को कार्यालयमा बसेको छ। सहभागी एक सदस्यका अनुसार बैठकमा देशको पछिल्लो सुरक्षा अवस्था र निर्वाचनको पूर्वतयारीलाई केन्द्रमा राखेर छलफल भइरहेको छ। परिषद्को बैठकमा प्रधानमन्त्री अध्यक्षको भूमिकामा रहन्छन्। रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री र अर्थमन्त्री सदस्यका रूपमा सहभागी हुन्छन् भने मुख्य सचिव, प्रधानसेनापति र रक्षा सचिव सदस्य सचिवको हैसियतमा रहने व्यवस्था छ। […]

पूरा पढ्नुहोस्

उपत्यकाका रास्वपा उम्मेदवारसँग बालेनको रणनीतिक बैठक

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले काठमाडौं उपत्यकाभित्रका प्रतिनिधिसभा उम्मेदवारहरूसँग चुनावी रणनीतिबारे छलफल गरेका छन्। आफ्नै निर्वाचन क्षेत्रको कार्यक्रम सकेर राजधानी फर्किएका शाहले उम्मेदवारहरूबाट हालसम्मको अभियानको अवस्था बुझेका हुन्। भेटमा बालेनले उम्मेदवारहरूलाई निर्वाचन अभियानका विषयमा संक्षिप्त विवरण लिनुका साथै आगामी रणनीतिबारे सुझाव दिएका सहभागी नेताहरूले बताएका छन्। ललितपुर–३ की […]

पूरा पढ्नुहोस्

सिंहदरबारबाट प्रचण्डको दाबी: आगामी निर्वाचनमा नेकपा अग्रपंक्तिमा पुग्ने संकेत

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा आफ्नो पार्टी बलियो अवस्थामा उभिने संकेत दिएका छन्। सिंहदरबारमा आयोजित राष्ट्रिय सभा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले जनमत, कार्यक्षमता र सार्वजनिक छविलाई आधार मानेर उम्मेदवार छनोट गरिएको दाबी गरे। उनका अनुसार विभिन्न राजनीतिक धार समेटेर पार्टी विस्तार गरिए पनि प्रतिनिधि सभा र समानुपातिक दुवै […]

पूरा पढ्नुहोस्