समाचार
संसदीय यात्राको तयारीमा बालेन, रास्वपामा सक्रिय भूमिकाको संकेत
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो तयारीलाई तीव्र बनाएको संकेत दिएका छन्। उनका सचिवालयका अनुसार उनी आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकमा सहभागी हुँदै चुनावी रणनीति र भूमिकाबारे छलफल गर्ने तयारीमा छन्। शाहले पार्टी नेतृत्वसँग आसन्न निर्वाचन, संगठन विस्तार र अभियानको दिशा तय गर्ने […]
पूरा पढ्नुहोस्
निर्वाचन आयोगको निर्णयः कांग्रेसको आधिकारिक नेतृत्व गगन थापालाई मान्यता
काठमाडौं । निर्वाचन आयोगले गगनकुमार थापाको नेतृत्वमा रहेको नेपाली कांग्रेसलाई आधिकारिक दलको रूपमा मान्यता दिएको छ। शुक्रबार बसेको आयोग बैठकले विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई वैध ठहर गर्दै थापालाई सभापतिको हैसियतमा स्वीकार गरेको हो। विशेष महाधिवेशनमा बहुमत महाधिवेशन प्रतिनिधिको सहभागितासहित थापा सभापति चयन भएपछि उनले केन्द्रीय समितिको निर्णयसहित आयोगमा आधिकारिकताको दाबी पेश गरेका थिए। आयोगले […]
पूरा पढ्नुहोस्
‘अब कांग्रेसमा गुट छैन’ — सभापति गगन थापाको घोषणा, चुनावी गठबन्धनको अध्याय बन्द
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र गुटगत राजनीति समाप्त भएको घोषणा गर्दै अब कुनै प्रकारको भागबण्डा नहुने स्पष्ट पारेका छन्। निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित आफू नेतृत्वको केन्द्रीय कार्यसमितिलाई वैधानिकता दिएपछि सार्वजनिक अपीलमार्फत उनले यो धारणा राखेका हुन्। सभापति थापाले पार्टीका भुईँ तहका कार्यकर्ता र शीर्ष नेतृत्वबीच समान हैसियत रहने उल्लेख गर्दै निर्णय […]
पूरा पढ्नुहोस्
निर्वाचन आयोगले गगन थापाको नेतृत्वलाई वैधानिक मान्यता दियो, देउवा समूह कानुनी र राजनीतिक लडाइँतर्फ
काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वलाई वैधानिकता दिएको छ। आयोगको यो निर्णयसँगै शेरबहादुर देउवाको सभापतिका रूपमा रहेको प्राधिकार औपचारिक रूपमा समाप्त भएको छ। आयोगले विशेष महाधिवेशनबाट चयन भएको केन्द्रीय कार्यसमितिलाई अब पार्टीको आधिकारिक संरचना मानेको छ। यससँगै १४औँ महाधिवेशनबाट बनेको पुरानो केन्द्रीय समिति अमान्य भएको ठहर गरिएको छ। […]
पूरा पढ्नुहोस्
सांसद उम्मेदवार छान्न एमाले सचिवालय बैठक आज, करिब ३५ नाम सर्वसम्मत सिफारिस
काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दैछ। प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीका अनुसार बैठक दिउँसो १ बजेका लागि बोलाइएको हो। निर्वाचन आयोगको कार्यतालिका अनुसार माघ ६ गते देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयन हुनुपर्ने भएकाले एमालेले समयमै उम्मेदवार छनोट गर्न सचिवालय बैठक […]
पूरा पढ्नुहोस्
लामिछानेविरुद्ध आरोपपत्र संशोधन स्वीकृतिको निर्णय चुनौती दिँदै सर्वोच्चमा रिट
काठमाडौं । रवि लामिछानेविरुद्धको आरोपपत्र संशोधन गर्न अनुमति दिएको महान्यायाधिवक्ताको निर्णयलाई चुनौती दिँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ। युवराज पौडेलले उक्त निर्णय संविधान र प्रचलित कानुनविपरीत रहेको दाबी गर्दै बदरको मागसहित रिट पेस गरेका हुन्। रिट निवेदन सर्वोच्च अदालतको मुद्दा महाशाखामा दर्ता भई प्रारम्भिक अध्ययनको प्रक्रियामा रहेको जनाइएको छ। निवेदक पौडेलले आरोपपत्र […]
पूरा पढ्नुहोस्
व्यक्ति होइन, संस्थाको निर्णय नै मान्य हुन्छ : शेखर कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र कुनै व्यक्तिको अभिव्यक्तिभन्दा संस्थागत निर्णय नै आधिकारिक हुने बताएका छन्। निर्वाचन आयोगमा पार्टीको आधिकारिकताबारे दाबी पेस गर्न पुगेका कोइरालाले गगन थापाको नेतृत्वमा अघि बढेका नेताहरूलाई ‘चोइटिएर गएको समूह’को रूपमा टिप्पणी गरे। उनले बहुमत केन्द्रीय सदस्यहरू अझै आफ्नो पक्षमै रहेको दाबी गर्दै निर्वाचन आयोग जानुपर्ने अवस्था सञ्चारमाध्यमको […]
पूरा पढ्नुहोस्
बालेन शाहसँग आर्थिक सुधारबारे गहिरो छलफल जारी छ : स्वर्णिम वाग्ले
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले पार्टीका वरिष्ठ नेता तथा प्रस्तावित प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग आर्थिक सुधारसम्बन्धी गहिरो छलफल भइरहेको बताएका छन्। आर्थिक वृद्धि, रोजगारी सिर्जना, राजस्व व्यवस्थापन, सरकारी खर्च नियन्त्रण, आधुनिक पूर्वाधार तथा महानगरको सेवा प्रवाह मोडल मुख्य छलफलका विषय बनेका छन्। वाग्लेले बिहीबार सामाजिक सञ्जालमा तस्बिरसहित धारणा सार्वजनिक […]
पूरा पढ्नुहोस्
देउवा समूहको कदम लोकतन्त्रविरोधी, कांग्रेस अब नयाँ पुस्ताको हातमा : रमेश खरेल
काठमाडौँ । पूर्व डीआईजी रमेश खरेलले नेपाली कांग्रेसभित्र देखिएको पछिल्लो राजनीतिक घटनाक्रमप्रति तीव्र असन्तोष व्यक्त गरेका छन्। विशेष महाधिवेशन चलिरहेका बेला सभापति शेरबहादुर देउवा समूहले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि कारबाही गरेको विषयलाई उनले लोकतान्त्रिक मूल्यविपरीतको कदम बताएका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै खरेलले बहुमतको आह्वानमा भइरहेको विशेष महाधिवेशनको म्यान्डेटलाई बेवास्ता […]
पूरा पढ्नुहोस्
गगन थापा नेतृत्वको कांग्रेस केन्द्रीय समिति बैठक सुरू, आयोग जाने तयारी
काठमाडौँ । गगन थापाको नेतृत्वमा नेपाली कांग्रेसको पहिलो केन्द्रीय समिति बैठक सुरु भएको छ। दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको बैठक ललितपुरको कुपन्डोलस्थित एक पार्टी प्यालेसमा जारी रहेको छ। महामन्त्री प्रदीप पौडेलको सचिवालयका अनुसार बैठकमा विशेष महाधिवेशनपछिको राजनीतिक कार्यदिशा र संगठनात्मक विषयमा छलफल […]
पूरा पढ्नुहोस्



