समाचार
कांग्रेसमा ठूलो निर्णय : गगन थापा र विश्वप्रकाश शर्मा निष्कासित
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्री गगन थापा र नेता विश्वप्रकाश शर्मालाई पार्टी सदस्यताबाट निष्कासन गर्ने निर्णय गरेको छ। बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले उनीहरूको गतिविधि पार्टीको हितविपरीत गएको निष्कर्ष निकाल्दै निष्कासनको कठोर कदम चालेको हो। बैठकमा प्रस्तुत राजनीतिक गतिविधि र पछिल्ला अभिव्यक्तिहरूले पार्टीको संगठनात्मक एकता कमजोर बनाएको भन्दै दुवै […]
पूरा पढ्नुहोस्
बालेन झापा–५ आए पनि ओलीको जित अझ फराकिलो हुने एमालेको दाबी
नेकपा (एमाले) झापाका अध्यक्ष प्रेम गिरीले आगामी प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर–५ बाट पार्टी अध्यक्ष केपी शर्मा ओली झन् ठूलो मतान्तरका साथ विजयी हुने दाबी गरेका छन्। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) झापा–५ बाट उम्मेदवार बन्ने चर्चा चलिरहेका बेला गिरीले यस्तो प्रतिक्रिया दिएका हुन्। उनका अनुसार बालेन चुनावी मैदानमा आए पनि त्यसले ओलीको जितमा […]
पूरा पढ्नुहोस्
कांग्रेस विशेष महाधिवेशन आयोजकद्वारा देउवालाई औपचारिक आमन्त्रण
काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आयोजक समितिले पार्टी सभापति शेरबहादुर देउवालाई विशेष महाधिवेशनमा सहभागी हुन औपचारिक निम्तो दिएको छ। आयोजक समितिले देउवालाई प्रमुख अतिथिका रूपमा समारोहको उद्घाटन गर्न आग्रह गरेको हो। आयोजक समितिको व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले हस्ताक्षर गरेको आमन्त्रणपत्र सभापति देउवालाई बुझाइएको छ। पत्रमार्फत बदलिँदो राजनीतिक परिस्थितिमा नेपाली कांग्रेसलाई नयाँ […]
पूरा पढ्नुहोस्
धादिङका समाजसेवी रमेश (राजु) रेग्मीद्वारा हैबुङ महादेव माध्यमिक विद्यालयलाई १ लाख ५० हजारभन्दा माथिको सहयोग
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–३ मा अवस्थित श्री हैबुङ महादेव स्थान माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक विकासका लागि स्थापना गरिएको अक्षयकोषमा धादिङका समाजसेवी रमेश (राजु) रेग्मीले नगद १ लाख ५० हजारभन्दा माथिको सहयोग गर्नुभएको छ। गङ्गाजमुना गाउँपालिका–७, बुडाथुम , धादिङ घर भएका रेग्मीले विद्यालय परिवारले विद्यार्थीहरूको भविष्य उज्ज्वल बनाउने उद्देश्यले अक्षयकोष स्थापना गरी सहयोग गर्ने अवसर […]
पूरा पढ्नुहोस्
कांग्रेसको आन्तरिक रस्साकस्सी कायमै: गगन–लेखक वार्ता निष्कर्षविहीन, विशेष महाधिवेशनको टकराव चर्किँदै
काठमाडौं । नेपाली कांग्रेसभित्र चुलिँदै गएको आन्तरिक विवाद समाधान गर्ने प्रयास असफल भएको छ। विवाद मिलाउने उद्देश्यले महामन्त्री गगन थापा र संस्थापन पक्षका नेता रमेश लेखकबीच भएको भेटवार्ता कुनै ठोस सहमतिमा पुग्न सकेन। गएराति दुई नेताबीच भएको छलफलमा लेखकले अघि सारेको प्रस्ताव महामन्त्री थापाले स्वीकार नगरेको संस्थापन इतर पक्षका नेता प्रकाश स्नेही रसाइलीले जानकारी दिए। […]
पूरा पढ्नुहोस्
एकतापछि चर्कियो दरार: रास्वपासँगको सहमतिमा उज्यालो नेपाल असन्तुष्ट, नेतृत्वमाथि प्रश्न
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकताको घोषणा गरेलगत्तै कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीभित्र गहिरिँदो असन्तुष्टि सतहमा आएको छ। सैद्धान्तिक मतभेद, पदीय भागबण्डा र पूर्वसहमति कार्यान्वयनको विषयले पार्टीभित्र आन्तरिक तनाव चर्किएको हो। संघीयता र धर्मनिरपेक्षता जस्ता संवेदनशील मुद्दामा स्पष्ट सहमति नजुट्दै एकताको प्रक्रिया अघि बढाइएको भन्दै उज्यालो नेपालका नेताहरूले रास्वपा नेतृत्वको व्यवहारप्रति गम्भीर […]
पूरा पढ्नुहोस्
श्रमबाट राजनीति, धरानबाट सिंहदरबारतर्फः हर्क साम्पाङको विस्तारिँदो अभियान
शनिबारको बिहान श्रम संस्कृति पार्कतिर जाने बाटोमा गीतको लय र नाराको स्वर मिसिन्छ—“श्रमदान जिन्दावाद !” बसबाट झरेका मेयर हर्क साम्पाङ सहभागीहरूसँगै नाच्छन्, हाँस्छन् र फेरि कामको निर्देशन दिन्छन्। चिया, चिउरा र दालमोटको खाजापछि उनी छोटो सम्बोधन गर्छन्—“श्रमदान अब धरानमा सीमित हुँदैन, नेपालभर फैलिनुपर्छ।” यही शैली हर्क साम्पाङको राजनीतिक यात्राको पहिचान बनेको छ—रमाइलो, श्रम र सन्देश […]
पूरा पढ्नुहोस्
बालुवाटारमा कार्की–ओलीबीच तीन घण्टाको भेटवार्ता:चुनाव केन्द्रित संवाद
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार बालुवाटारमा करिब तीन घण्टा लामो एकान्त भेटवार्ता भएको छ। पछिल्लो समय चुनावी प्रक्रिया र राजनीतिक घटनाक्रमलाई लिएर दुवै पक्षबीच संवाद क्रमशः सहज बन्दै गएको सन्दर्भमा यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ। बिहीबार बिहान करिब ११ बजे ओली कुनै पनि पार्टी नेतासहित […]
पूरा पढ्नुहोस्
धरानबाट संसदसम्मको दाबीः हर्क साम्पाङले किन रोजे सुनसरी–१ ?
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने घोषणा गरेका छन्। स्थानीय तहमा पाएको जनसमर्थनलाई आधार बनाएर संघीय राजनीतिमा प्रवेश गर्ने उनको तयारी देखिन्छ। बुधबार सामाजिक सञ्जालमार्फत साम्पाङले आफू सुनसरी–१ बाटै चुनाव लड्ने स्पष्ट पारे। “म सुनसरी क्षेत्र नम्बर १ बाट […]
पूरा पढ्नुहोस्
सभापति पदको दौड होइन, कांग्रेस सुधार प्राथमिकता होः गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति बन्ने आकांक्षाका कारण आफूहरूले विशेष महाधिवेशनको माग गरेको भन्ने आरोप अस्वीकार गरेका छन्। उनले पार्टीभित्र देखिएको असन्तुष्टि पदको लडाइँका लागि नभई संगठन सुधारका लागि भएको स्पष्ट पारे। बुधबार बुद्धिजीवीहरूसँगको छलफलमा बोल्दै थापाले केही नेताहरूले आफू सभापति बन्न खोजेको आरोप लगाइरहेको उल्लेख गर्दै भने, “हामीलाई सभापति […]
पूरा पढ्नुहोस्



