Monday, April 20

समाचार

रुकुममा चुनावी समीकरण फेरियो, एमाले–प्रलोपा बीच मतदान तालमेल

काठमाडौँ। आगामी निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बीच औपचारिक तालमेल भएको छ। दुई दलबीच आइतबार भएको सहमतिअनुसार रुकुमका दुवै निर्वाचन क्षेत्रमा एकअर्कालाई समर्थन गर्ने समझदारी बनेको हो। सहमति अनुसार पश्चिम रुकुममा प्रलोपा उम्मेदवार जनार्दन शर्माको पक्षमा एमालेले मतदान गर्नेछ भने पूर्वी रुकुममा नेकपाका उम्मेदवार प्रचण्डविरुद्ध मैदानमा उत्रिएका प्रलोपाका सन्दीप पुनलाई […]

पूरा पढ्नुहोस्

भूगोल किताब र स्क्रिनले होइन, माटोले बुझिन्छ : बालेन शाह

तेह्रथुम। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाहले चुनावी बहसलाई कागजी तथ्य र अनलाइन सूचनामा मात्र सीमित नराखी, जनताको जीवन र भोगाइसँग जोड्नुपर्ने बताएका छन्। उनका अनुसार कुनै पनि जिल्लाको वास्तविक चित्र त्यहाँ पुगेपछि, स्थानीयसँग बसेर संवाद गरेपछि मात्र स्पष्ट हुन्छ। म्याङ्लुङको देवीथान क्षेत्रमा आयोजित भेटघाट कार्यक्रममा शाहले भूगोल, हावापानी र जनजीवनलाई प्रत्यक्ष महसुस […]

पूरा पढ्नुहोस्

उज्यालो नेपाल पार्टीले १२० क्षेत्रमा उम्मेदवार घोषणा, काठमाडौं–३ बाट कुलमान घिसिङ मैदानमा

काठमाडौं। उज्यालो नेपाल पार्टी (यूएनपी) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि १२० निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारको सूची सार्वजनिक गरेको छ। पार्टीका नेता जितराम लामाका अनुसार पार्टी अध्यक्ष कुलमान घिसिङ काठमाडौं–३ बाट उम्मेदवारी दिँदैछन् भने उपाध्यक्ष जितराम लामा भक्तपुर–२ बाट चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। पार्टीले सातै प्रदेश समेट्ने गरी उम्मेदवार खडा गरेर देशव्यापी राजनीतिक उपस्थितिको सन्देश दिएको […]

पूरा पढ्नुहोस्

रुकुम पूर्वबाट उम्मेदवारी किन? प्रचण्डले बताए जनताको चाहनासँग जोडिएको निर्णय

रुकुम पूर्व। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम पूर्वलाई आफ्नो राजनीतिक यात्राको महत्त्वपूर्ण केन्द्रका रूपमा अघि सारेका छन्। उनले यहाँका नागरिकको चाहना, सम्भावना र विकासका प्राथमिकतालाई ध्यानमा राख्दै उम्मेदवारी दिएको स्पष्ट पारे। बुधबार रुकुमकोटमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा दाहालले जिल्लाको भौगोलिक बनावट, सांस्कृतिक पहिचान र सामाजिक विविधतालाई समेट्ने विकास रणनीति अपनाइने बताए। उनका […]

पूरा पढ्नुहोस्

दुर्गा प्रसाईं रिहा भएपछि ‘नागरिक बचाउ महाअभियान’ले स्थगन गर्‍यो विरोध कार्यक्रम

काठमाडौँ। आफ्ना अध्यक्ष दुर्गा प्रसाईं रिहा भएपछि राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानले तय गरिएका सबै विरोधका कार्यक्रम स्थगन गरेको घोषणा गरेको छ। महाअभियानद्वारा जारी विज्ञप्तिअनुसार मंगलबार पोखराको लेकसाइडस्थित बराही प्रांगणमा भएको सभालाई सम्बोधन गरेर काठमाडौँ फर्कने क्रममा प्रसाईंलाई पोखरा विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो। सार्वजनिक शान्ति भंग गरेको आरोपमा पक्राउ परेका उनलाई […]

पूरा पढ्नुहोस्

बालेन शाहको मैथिली अभिव्यक्तिलाई बंग्याएर प्रस्तुत गरेको आरोपपछि एमाले सचिव बस्नेतमाथि सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा चर्को विरोध सुरु भएको छ।

जनकपुरधाम।      नेकपा एमालेका सचिव महेश बस्नेतमाथि मधेशी समुदायलाई लक्षित गर्दै अपमानजनक अभिव्यक्ति दिएको आरोप लागेको छ। जनकपुरधाममा भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभामा बालेन शाहले प्रयोग गरेको ‘छौरा’ शब्दको अर्थ गलत रूपमा व्याख्या गरेको भिडियो सार्वजनिक भएपछि बस्नेतको आलोचना बढेको हो। गत सोमबार आयोजित सभामा बालेन शाहले मैथिली भाषामा ‘मधेशिया छौरा’ भन्ने […]

पूरा पढ्नुहोस्

दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा

काठमाडौं । मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन्। सोमबार पोखराबाट पक्राउ परेका प्रसाईंलाई काठमाडौं ल्याएपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले हाजिरी जमानीमा छाड्ने निर्णय गरेको हो। सो निर्णयअनुसार उनलाई रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए। निर्वाचन आयोगविरुद्ध दिएको विवादास्पद अभिव्यक्तिका कारण प्रसाईं […]

पूरा पढ्नुहोस्

अन्तरिम सरकार निष्पक्ष भएर चुनाव गराउँछ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले अन्तरिम सरकार पूर्ण रूपमा निष्पक्ष र तटस्थ रहेर निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्। मंगलबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकार कुनै पनि राजनीतिक दल वा समूहको पक्षमा नलाग्ने बताएका हुन्। उनका अनुसार सरकारको एकमात्र प्राथमिकता सुशासन र निष्पक्ष निर्वाचन हो। संवैधानिक व्यवस्था अनुसार संसद् विघटन […]

पूरा पढ्नुहोस्

पर्सा अदालतले रवि लामिछानेसँग १ करोड धरौटी माग्यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग पर्सा जिल्ला अदालतले एक करोड रुपैयाँ धरौटी माग गरेको छ। न्यायाधीश रुद्र सुवेदीको एकल इजलासले सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा धरौटीमा छाड्ने आदेश दिएको हो। अदालत स्रोतका अनुसार लामिछानेसँग धरौटी माग गरिएको विषय पुष्टि भएको छ। उनीविरुद्ध वीरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी […]

पूरा पढ्नुहोस्

सिन्धुली–१ मा रास्वपाबाट धनेंद्र कार्की उम्मेदवार, जनतामा नयाँ आशा

सिन्धुली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सिन्धुली निर्वाचन क्षेत्र नं. १ बाट धनेंद्र कार्कीलाई संघीय संसद सदस्यको उम्मेदवार घोषणा गरेको छ। लामो समयदेखि यातायात व्यवसाय र सामाजिक सेवामा सक्रिय कार्कीको उम्मेदवारीलाई सिन्धुलीका जनताले वैकल्पिक र जनमुखी राजनीतिक कदमका रूपमा हेरेका छन । तीनपाटन गाउँपालिकाका स्थायी बासिन्दा कार्की १९ वर्षको उमेरदेखि नै यातायात व्यवसायमा संलग्न […]

पूरा पढ्नुहोस्