राजनीति
भदौ २३–२४ घटनाबारे जाँचबुझ आयोगमा सुदन गुरुङको बयान
काठमाडौँ । जेनजी प्रतिनिधि तथा ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङले भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगमा बयान दिएका छन्। गुरुङले आफू र ‘हामी नेपाल’ सँग सम्बन्धित हालसम्मका सबै आर्थिक कारोबारका कागजातसहित आयोगमा उपस्थित भई बयान दिएको जानकारी दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आर्थिक कारोबारसम्बन्धी सम्पूर्ण विवरण […]
पूरा पढ्नुहोस्
नगरपालिका चलाउन नसक्नेले देश चलाउँछ भन्ने भ्रम पाल्नु हुँदैन : महेश बस्नेत
काठमाडौँ । नेकपा (एमाले) का सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच बनेको राजनीतिक गठबन्धनप्रति कडा आलोचना गरेका छन्। उनले नगरपालिका नै प्रभावकारी रूपमा सञ्चालन गर्न नसक्ने पात्रले देश चलाउँछ भन्ने भ्रम पाल्नु आत्मघाती हुने चेतावनी दिएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बस्नेतले बालेन शाहको […]
पूरा पढ्नुहोस्
भावी नेपाल सुशासनको एजेन्डाले मात्र धान्न सकिँदैन : रवीन्द्र मिश्र
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्रले भावी नेपाललाई केवल सुशासन र भ्रष्टाचार नियन्त्रणको एजेन्डाले मात्र अघि बढाउन नसकिने बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच एकै पार्टीमा रहनेसम्बन्धी सात बुँदे सहमति भएपछि आइतबार सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै मिश्रले बदलिँदो भूराजनीतिक अवस्था र नेपालको आन्तरिक […]
पूरा पढ्नुहोस्
एमाले सचिवालय बैठक सुरु, समानुपातिक बन्दसूची टुंग्याइँदै
नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनपछि पहिलोपटक सचिवालय बैठक सुरु भएको छ। ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको बैठकमा आगामी प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूचीलाई अन्तिम रूप दिने विषयमा छलफल भइरहेको छ। निर्वाचन आयोगले पुस १४ सम्म बन्दसूची बुझाउने समयसीमा तोकेकाले त्यसलाई प्राथमिकतामा राखेर निर्णय लिने तयारी भएको एमालेले जनाएको छ। जिल्ला र […]
पूरा पढ्नुहोस्
चुनाव लड्न बालेनको राजीनामाको तयारी, काठमाडौं महानगरमा उपनिर्वाचन हुने सम्भावना
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन लड्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग सहमति गरेपछि पदबाट राजीनामा दिने तयारी गरेका छन्। बालेनले आगामी एक–दुई साताभित्र राजीनामा दिए मेयर पदको कार्यकाल करिब १६ महिना बाँकी रहनेछ। स्थानीय तह निर्वाचन ऐनअनुसार जनप्रतिनिधिको पद रिक्त भई बाँकी अवधि एक वर्षभन्दा बढी भए उपनिर्वाचन […]
पूरा पढ्नुहोस्
निर्वाचनको वातावरण बनिसक्यो : मन्त्री खरेल
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकमा निर्वाचनको वातावरण बनिसकेको बताएका छन्। सबै राजनीतिक दल चुनावतर्फ केन्द्रित भएकाले अब निर्वाचनबारे कुनै द्विविधा नराख्नुपर्ने उनको भनाइ छ। आइतबार नेपाल टेलिकम गण्डकी प्रदेश कार्यालयले आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री खरेलले समयमै निर्वाचन हुनु देशको स्थायित्वका लागि अपरिहार्य रहेको बताए। “मुलुक परिवर्तनको मोडमा छ, जेनजीको भावनाअनुसार नयाँ ऊर्जा […]
पूरा पढ्नुहोस्
रास्वपाको समानुपातिक सूचीमा बालेन पक्षलाई ४० सिट
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सांसद उम्मेदवार सूचीमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) पक्षका ४० जना समेटिने भएका छन्। रास्वपा सभापति रवि लामिछाने र बालेन शाहबीच आइतबार बिहान भएको सहमतिअनुसार समानुपातिकतर्फ बुझाइने ११० जनाको बन्द सूचीमध्ये ४० जना बालेन पक्षका र बाँकी ७० जना रास्वपाका उम्मेदवार रहने स्रोतले जनाएको छ। निर्वाचन […]
पूरा पढ्नुहोस्
रवि–बालेन सम्झौताविरुद्ध हर्क साम्पाङको आक्रोश, ११ बजेसम्म ३१ भन्दा बढी फेसबुक पोस्ट
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) बीच भएको सात बुँदे सम्झौताको तीव्र विरोध गरेका छन्। आज बिहान साढे ३ बजेदेखि सवा ११ बजेसम्म उनले सामाजिक सञ्जाल फेसबुकमार्फत ३१ भन्दा बढी पोस्ट गर्दै सम्झौताविरुद्ध असन्तुष्टि जनाएका […]
पूरा पढ्नुहोस्
रवि–बालेन सम्झौतापछि सञ्चारमन्त्री खरेलको प्रतिक्रिया : ‘नयाँ दिन, नयाँ सुरुवात’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सात बुँदे सम्झौता भएपछि अन्तरिम चुनावी सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदिश खरेलले सकारात्मक प्रतिक्रिया दिएका छन्। खरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रतिक्रिया जनाउँदै लेखेका छन्, ‘नयाँ दिन, नयाँ सुरुवात । सुन्दर र समृद्ध नेपालको सपना ! गन्तव्य तय हुँदैछ…’। लामो समय […]
पूरा पढ्नुहोस्
बालुवाटारमा तीन दलका शीर्ष नेतासँग कार्कीको पहिलो बैठक, २१ फागुनमै चुनावमा सहमति
काठमाडौं । ..अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा पहिलोपटक तीन मुख्य दलका शीर्ष नेताहरूसँग छलफल गरेकी छन्। राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा शीतलनिवासमा हुँदै आएको संवादको निरन्तरता स्वरूप बालुवाटारमा बैठक बसेको हो। बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले २१ फागुनमै प्रतिनिधिसभा निर्वाचन हुने वातावरण बनेको […]
पूरा पढ्नुहोस्



