Wednesday, October 28

राजनीति

राष्ट्रिय सभा उम्मेदवार छनोटमा कांग्रेस महामन्त्री थापाको असहमति

काठमाडौँ ।      नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियामा असन्तुष्टि जनाउँदै फरक मत दर्ता गरेका छन्। बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा थापाले औपचारिक रूपमा आफ्नो असहमति राखेका हुन्। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले उम्मेदवार छनोट गर्दा पार्टीका स्थापित संरचनाको भूमिका कमजोर बनाइएको आरोप लगाए। उनका […]

पूरा पढ्नुहोस्

रास्वपाको समायोजन सभाले देखायो वैकल्पिक राजनीतिमा नयाँ ध्रुवीकरण

काठमाडौँ ।   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नागरिक उन्मुक्ति पार्टीका पूर्व नेतृत्व तथा थरुहट/थारुवान अभियन्ताहरूसँग बृहत् राजनीतिक समायोजन गर्दै वैकल्पिक राजनीतिलाई थप संगठित बनाउने संकेत दिएको छ। सोमबार राष्ट्रियसभा गृहमा आयोजित समायोजन सभामा ठूलो संख्यामा नेता–कार्यकर्ताको उपस्थिति देखियो। सभागृह खचाखच भरिँदा भित्र अटाउन नसकेका कार्यकर्ता बाहिर चौरमा समेत जम्मा भएका थिए। कार्यक्रममा थारु समुदायको […]

पूरा पढ्नुहोस्

दिल्ली भ्रमणपछि प्रचण्ड सक्रिय, राष्ट्रियसभा चुनावमा दलहरूबीच तालमेलको कसरत

काठमाडौँ ।    नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणबाट फर्किएलगत्तै पार्टीभित्र र बाहिरका राजनीतिक छलफलमा सक्रिय भएका छन्। एकता सन्देश सभालाई सम्बोधन गर्न आइतबार नयाँदिल्ली गएका प्रचण्ड सोमबार राति स्वदेश फर्किएका हुन्। दिल्ली बसाइका क्रममा प्रचण्डले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गरेका थिए। त्यसपछि काठमाडौं फर्किएका प्रचण्ड आज बिहानैदेखि पार्टीका […]

पूरा पढ्नुहोस्

रुकुम पूर्वबाट चुनाव लड्न प्रचण्डलाई दबाब, छलफलपछि देखियो सकारात्मक संकेत

काठमाडौँ ।   नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आगामी प्रतिनिधिसभा निर्वाचनमा रुकुम पूर्वबाट उम्मेदवार बन्न जिल्ला नेतृत्वले औपचारिक आग्रह गरेको छ। काठमाडौंमा भएको लामो छलफलपछि प्रचण्डले उक्त प्रस्तावप्रति सकारात्मक धारणा व्यक्त गरेको नेताहरूले बताएका छन्। चुनावी रणनीतिबारे छलफल गर्न रुकुम पूर्वका साविक माओवादी पृष्ठभूमिका नेताहरू काठमाडौं आएका थिए। उनीहरूले ललितपुरस्थित एक स्थानमा […]

पूरा पढ्नुहोस्

जेनजी आन्दोलन छानबिन टुंगिँदै, केपी ओलीमाथिको स्थान हद हटाइयो

काठमाडौँ ।     जेनजी आन्दोलनसम्बन्धी घटनामा छानबिन भइरहेको क्रममा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको स्थान हद हटाइएको छ। उच्चस्तरीय जाँचबुझ आयोगले ओलीसँग आवश्यक सोधपुछ र कागजात बुझ्ने प्रक्रिया पूरा भएपछि प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो। आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार आन्दोलनका बेला प्रधानमन्त्रीको हैसियतमा भएका निर्णय र भूमिकाबारे आयोगले […]

पूरा पढ्नुहोस्

भक्तपुर–२ मा एमालेको एकल सिफारिस, उम्मेदवार बने सचिव महेश बस्नेत

काठमाडौं ।    प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भक्तपुर क्षेत्र नम्बर २ बाट नेकपा (एमाले) सचिव महेश बस्नेत सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस भएका छन्। आइतबार राति सम्पन्न एमालेको बैठकले बस्नेतलाई एकल उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको हो। यसअघि सो क्षेत्रमा राजेन्द्र राजथला र अनिल श्रेष्ठ पनि दाबेदार रहेकामा उनीहरूले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि बस्नेतको नाम […]

पूरा पढ्नुहोस्

रास्वपाले आज बृहत्तर एकता घोषणा सभा गर्दै, बालेन शाह र उज्यालो नेपालसँगको सहकार्य औपचारिक

काठमाडौँ   काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), उज्यालो नेपाल पार्टी र अन्य समूहबाट आएका नेता–कार्यकर्ताको व्यवस्थापनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज बृहत्तर एकता घोषणा सभा गर्ने भएको छ। रास्वपाले आइतबार जारी गरेको विज्ञप्तिअनुसार आज दिउँसो १ बजे काठमाडौँस्थित राष्ट्रियसभा गृहमा एकताको औपचारिक घोषणा गरिनेछ। सभामार्फत एकता प्रक्रियालाई पूर्णता दिँदै आगामी राजनीतिक कार्यदिशाबारे पनि […]

पूरा पढ्नुहोस्

नेकपाका संयोजक प्रचण्ड आज साँझ दिल्ली जाँदै, भोलि एकता सन्देश सभालाई सम्बोधन गर्ने

काठमाडौं ।       नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारतको राजधानी नयाँदिल्ली जाने भएका छन्। विभिन्न कम्युनिस्ट घटक मिलेर बनेको नेकपाका प्रवासी संगठनहरूको एकता सन्देश सभालाई सम्बोधन गर्न उनी आज साँझ दिल्ली प्रस्थान गर्न लागेका हुन्। प्रचण्डको सचिवालयका अनुसार एक महिनाअघि नै तय भएको उक्त सन्देश सभा भोलि (आइतबार) […]

पूरा पढ्नुहोस्

पुस मसान्तभित्र विशेष महाधिवेशन अनिवार्य, नबोलाए केन्द्रबाटै आयोजना गर्छौं : गगन थापा

काठमाडौं ।   नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी विधानअनुसार पुस मसान्तभित्र विशेष महाधिवेशन बोलाउनैपर्ने स्पष्ट पारेका छन्। केन्द्रीय कार्यसमितिले निर्णय नगरे विधानले दिएको अधिकार प्रयोग गर्दै केन्द्रीय कार्यालय (महामन्त्री कार्यालय) मार्फत विशेष महाधिवेशन आयोजना गरिने चेतावनीसमेत उनले दिएका छन्। केन्द्रीय कार्यसमिति बैठकपछि धारणा सार्वजनिक गर्दै थापाले कार्यवाहक सभापतिले विधानको धारा ४३ प्रयोग गरी केन्द्रीय […]

पूरा पढ्नुहोस्

प्रत्यक्षतर्फ कसबाट उठ्छन् प्रचण्ड ? रुकुमपूर्व र सिन्धुली प्रमुख सम्भावना

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि समानुपातिकतर्फको बन्दसूची बुझाइसकेपछि राजनीतिक दलहरू प्रत्यक्षतर्फका उम्मेदवार छनोटमा केन्द्रित भएका छन्। निर्वाचन आयोगको कार्यतालिका अनुसार माघ ६ गते उम्मेदवारी मनोनयन हुने भएकाले दलहरूले जिल्लाबाट सम्भावित उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरिरहेका छन्। यसैक्रममा शीर्ष नेताहरू कुन निर्वाचन क्षेत्रबाट चुनाव लड्छन् भन्ने चासो बढेको छ। नेपाली कांग्रेस […]

पूरा पढ्नुहोस्