Thursday, June 4

राजनीति

रवि–बालेनबीच ७ बुँदे सम्झौता, एउटै दलबाट चुनाव लड्ने सहमति

काठमाडौं ।         राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एउटै दलबाट प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने ७ बुँदे सम्झौता गरेका छन्। सम्झौताअनुसार रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रहनेछन् भने बालेन शाह संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि बढ्ने सहमति भएको छ। […]

पूरा पढ्नुहोस्

उज्यालो नेपाल पार्टीले रास्वपाको प्रस्ताव अस्वीकार गर्‍यो, ‘सहअस्तित्वबिनाको एकता स्वीकार्य छैन’

काठमाडौं । उज्यालो नेपाल पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट आएको एकता तथा सहकार्यसम्बन्धी प्रस्ताव अस्वीकार गरेको छ। रास्वपाले सभापतिमा रवि लामिछाने, वरिष्ठ नेतामा कुलमान घिसिङ र प्रधानमन्त्रीमा बालेन शाहलाई अघि सार्ने प्रस्ताव गरेपछि उज्यालो पार्टीले त्यसलाई स्वीकार्य नभएको निष्कर्ष निकालेको हो। शनिबार दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म बौद्धस्थित एक होटलमा बसेको उज्यालो नेपाल […]

पूरा पढ्नुहोस्

एमाले सचिवालय बैठक भोलि, समानुपातिक उम्मेदवार सूची तयार गर्ने तयारी

काठमाडौं,  नेकपा (एमाले) ले सचिवालय बैठक बोलाएको छ। भोलि (आइतबार) बिहान ११ बजे पार्टी मुख्यालय च्यासलमा सचिवालय बैठक बस्ने तय भएको हो। बैठकमा प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवार सूची तयार गर्ने विषयमा छलफल हुने बताइएको छ। निर्वाचन कार्यतालिका नजिकिँदै जाँदा एमालेले संगठनात्मक र चुनावी तयारीलाई तीव्र बनाएको देखिन्छ। यसअघि प्रतिनिधिसभा पुनःस्थापनाको वकालत गर्दै आएको एमालेले […]

पूरा पढ्नुहोस्

जेनजी कुनै दलको पक्षमा छैन, राष्ट्रहितका लागि वैकल्पिक शक्तिलाई एकताबद्ध गरिरहेका छौँ : सुदन गुरुङ

काठमाडौँ । जेनजी प्रतिनिधि सुदन गुरुङले आफूहरू कुनै पनि राजनीतिक दलमा संलग्न नरहेको स्पष्ट गर्दै राष्ट्रको हित र जनताको इच्छालाई सर्वोपरि राखेर वैकल्पिक शक्तिहरूलाई एकताबद्ध गर्ने अभियानमा लागेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै गुरुङले सत्ता, पद वा व्यक्तिगत प्रसिद्धिले जेनजी आन्दोलनलाई आकर्षित नगर्ने उल्लेख गरेका छन्। उनले बलिदानको जगमा उभिएर सत्ता […]

पूरा पढ्नुहोस्

देश अब नयाँ सोच र नयाँ नेतृत्वतर्फ जानुपर्छ : मन्त्री कुलमान घिसिङ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले देश अब नयाँ सोच, नयाँ नेतृत्व र नयाँ दिशासहित अगाडि बढ्नुपर्ने स्पष्ट धारणा व्यक्त गरेका छन्। उज्यालो नेपाल पार्टी नुवाकोट–काठमाडौँ सम्पर्क मञ्चद्वारा शनिबार काठमाडौँको बौद्धमा आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री घिसिङले मुलुकमा राजनीतिक परिवर्तन अपरिहार्य भइसकेको बताए। उनले आगामी फागुन २१ […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्री कार्कीको तीन दलका शीर्ष नेतालाई चुनावी निम्तो, ‘निर्वाचन जसरी पनि सफल पारौँ’

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन दलका शीर्ष नेताहरूलाई आगामी निर्वाचनमा सहभागी हुन आग्रह गरेकी छिन्। शनिबार बालुवाटारमा आयोजित छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उनले चुनावी निम्तो दिएकी हुन्। छलफलको सुरुआतमा प्रधानमन्त्री कार्कीले आफ्नो निमन्त्रणालाई स्वीकार गर्दै बालुवाटार आएकोमा […]

पूरा पढ्नुहोस्

रास्वपा–बालेन समूहबीचको निर्णायक वार्ता अनिश्चित, ५०–५० पावर सेयरिङमा अड्कियो सहमति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेतृत्वको समूहबीच शनिबार निर्णायक हुने भनिएको वार्ता अनिश्चित बनेको छ। शक्ति बाँडफाँट (पावर सेयरिङ) को विषयमा सहमति जुट्न नसक्दा वार्ता अन्योलमा परेको हो। शुक्रबार अबेरसम्म भएको दुई पक्षीय छलफलमा बालेन पक्षले ५०–५० प्रतिशत पावर सेयरिङको प्रस्ताव राखेपछि सहमति हुन नसकेको स्रोतले जनाएको छ। […]

पूरा पढ्नुहोस्

बालेन–रवि–कुलमान एकताप्रति प्रदीप ज्ञवालीको टिप्पणी: विचार मिलेको हो कि स्वार्थ, समयले बताउँछ

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच एकताको चर्चा चलिरहेका बेला नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले त्यसलाई सकारात्मक रूपमा लिएका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै नेता ज्ञवालीले विचार मिल्ने शक्तिहरू एक ठाउँमा उभिनु लोकतान्त्रिक प्रतिस्पर्धाकै हिस्सा भएको बताएका छन्। यद्यपि, यो एकता साँच्चिकै […]

पूरा पढ्नुहोस्

चुनावी राजनीतिमा सक्रिय हुँदै बालेन, हट्यो पहिचान बनेको कालो चस्मा

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पछिल्लो समय चुनावी राजनीतिमा सक्रिय देखिन थालेका छन्। विभिन्न राजनीतिक दल, जेन–जी अगुवा र नेताहरूसँग निरन्तर छलफलमा जुटिरहेका बालेन हाल सार्वजनिक कार्यक्रममा कालो चस्माबिनै देखिन थालेका छन्। र्‍यापरका रूपमा पहिचान बनाएका बालेन स्वतन्त्र उम्मेदवार बनेर काठमाडौं महानगरको मेयर निर्वाचित हुँदा उनको कालो चस्मा पनि पहिचानकै रूपमा स्थापित भएको थियो। ‘बालेन […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्री र तीन दलका शीर्ष नेताबीच शनिबार निर्वाचनबारे छलफल

प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच शनिबार निर्वाचनका विषयमा छलफल हुने भएको छ। यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको अगुवाइमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताबीच शीतलनिवासमा भेटवार्ता भएको थियो। त्यसैको निरन्तरताका रूपमा प्रधानमन्त्री कार्कीले शनिबार तीन दलका नेतासँग पुनः छलफल गर्न लागेकी हुन्। शुक्रबार सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर […]

पूरा पढ्नुहोस्