काठमाडौं ।
नागरिक बचाउ अभियानले उठाएका मागका विषयमा सरकार पुनः संवादमा बसेको छ। प्रधानमन्त्री सुशीला कार्कीले अभियानका संयोजक दुर्गा प्रसाईं नेतृत्वको टोलीसँग सिंहदरबारमा भेटवार्ता गरेकी हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याल र सञ्चारमन्त्री जगदीश खरेल पनि सहभागी थिए। भेटमा अभियानले अघि सारेका माग र तिनको कार्यान्वयनबारे विस्तृत छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
अभियान पक्षले मंसिर ६ देखि उठाउँदै आएका मागहरू अझै पूर्ण रूपमा सम्बोधन नभएको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराएको छ। छलफलमा ती मागहरूलाई कसरी अघि बढाउने भन्ने विषयमा धारणा आदान–प्रदान गरिएको जनाइएको छ।
यसअघि पनि सरकार र नागरिक बचाउ अभियानबीच पटक–पटक वार्ता हुँदै आएको छ। पछिल्लो भेटलाई माग समाधानतर्फ थप पहलका रूपमा हेरिएको छ।





प्रतिकृया दिनुहोस्