काठमाडौं ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले आइतबारसम्म सरकारसँग सम्झौता नभए आन्दोलनमा उत्रने चेतावनी दिएका छन्। बिहीबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसहितको उपस्थितिमा भएको वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले आइतबारसम्मको समय मागेको बताए।
प्रसाईंका अनुसार प्रधानमन्त्री कार्कीले आइतबारसम्म सम्झौता गर्ने र सोमबारको मन्त्रिपरिषद् बैठकबाट त्यसको कार्यान्वयन गर्ने निर्णय लिने प्रतिबद्धता जनाएकी छन्। तर, सो समयसीमाभित्र सम्झौता नभए आन्दोलन सुरु गरिने उनको भनाइ छ।
उनले आन्दोलनको क्रममा लघुवित्त, सहकारी र बैंकहरूलाई गाउँगाउँबाट लखेट्ने चेतावनी दिँदै आगामी २१ फागुनमा हुने निर्वाचनसमेत बिथोल्ने बताएका छन्।
“हामीले आफ्ना मुद्दामा जनमत संग्रह गरेर लोकतन्त्रको अधिकतम प्रयोग गरौं भनेका छौं। आइतबार सम्झौतामा हस्ताक्षर भएन भने हामी गाउँबाट लघुवित्त, सहकारी र बैंक लखेट्न थाल्छौं,” प्रसाईंले चेतावनी दिए।





प्रतिकृया दिनुहोस्