रोचक
जेनजी आन्दोलन छानबिन टुंगिँदै, केपी ओलीमाथिको स्थान हद हटाइयो
काठमाडौँ । जेनजी आन्दोलनसम्बन्धी घटनामा छानबिन भइरहेको क्रममा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको स्थान हद हटाइएको छ। उच्चस्तरीय जाँचबुझ आयोगले ओलीसँग आवश्यक सोधपुछ र कागजात बुझ्ने प्रक्रिया पूरा भएपछि प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो। आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार आन्दोलनका बेला प्रधानमन्त्रीको हैसियतमा भएका निर्णय र भूमिकाबारे आयोगले […]
पूरा पढ्नुहोस्
रास्वपाले आज बृहत्तर एकता घोषणा सभा गर्दै, बालेन शाह र उज्यालो नेपालसँगको सहकार्य औपचारिक
काठमाडौँ काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), उज्यालो नेपाल पार्टी र अन्य समूहबाट आएका नेता–कार्यकर्ताको व्यवस्थापनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज बृहत्तर एकता घोषणा सभा गर्ने भएको छ। रास्वपाले आइतबार जारी गरेको विज्ञप्तिअनुसार आज दिउँसो १ बजे काठमाडौँस्थित राष्ट्रियसभा गृहमा एकताको औपचारिक घोषणा गरिनेछ। सभामार्फत एकता प्रक्रियालाई पूर्णता दिँदै आगामी राजनीतिक कार्यदिशाबारे पनि […]
पूरा पढ्नुहोस्
ज्वागलबाट राजनीतिक गतिविधि बढाउँदै बालेन, रास्वपासँग एकता र चुनावी तयारीमा सक्रिय
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह ललितपुरको ज्वागलस्थित देश विकास पार्टीको कार्यालयबाट राजनीतिक गतिविधि गरिरहेका छन्। स्रोतका अनुसार बालेनले रास्वपासँगको एकता प्रक्रिया टुंग्याउन आफ्नो तर्फबाट आवश्यक तयारी अघि बढाइरहेका हुन्। समानुपातिक उम्मेदवार सूची विवादपछि असन्तुष्ट बनेका जेन–जी समूहका नेताहरूसँग बालेनले निरन्तर भेटघाट गरिरहेका छन्। सूचीमा आफूले सिफारिस गरेका नाम छुटाइएपछि रुष्ट बनेका […]
पूरा पढ्नुहोस्
ओलीको व्यंग्य : ‘कुखुरा, बाख्रा र स्यालको मोर्चाले बाघ मार्दैन’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङको राजनीतिक सहकार्यप्रति व्यंग्य गरेका छन्। मदन–आश्रित स्मृति प्रतिष्ठानले मंगलबार आयोजना गरेको ‘एमाले महाधिवेशनको सन्देश र राजनीतिक निकास’ विषयक विचार गोष्ठीमा बोल्दै उनले उक्त सहकार्यलाई बाघको सिकार गर्न बनाइएको कमजोर मोर्चाको संज्ञा दिए। ‘कुखुरा, बाख्रा र स्यालको […]
पूरा पढ्नुहोस्
कुलमान घिसिङ रास्वपाको उपसभापति बन्ने भएपछि मन्त्री पदबारे विवाद
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति बन्ने भएपछि चुनावी सरकारमा उनी बस्न मिल्ने कि नमिल्ने भन्ने विषयमा विवाद उठेको छ। चुनाव गराउने उद्देश्यले मात्र गठन गरिएको राजनीतिक दलबिनाको अन्तरिम सरकारमा दलको पदाधिकारी बनेपछि मन्त्री पदमा रहन नहुने कतिपयको तर्क छ। यससँगै घिसिङले राजीनामा दिनुपर्ने कि नदिनुपर्ने विषयमा […]
पूरा पढ्नुहोस्
चुनाव लड्न बालेनको राजीनामाको तयारी, काठमाडौं महानगरमा उपनिर्वाचन हुने सम्भावना
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन लड्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग सहमति गरेपछि पदबाट राजीनामा दिने तयारी गरेका छन्। बालेनले आगामी एक–दुई साताभित्र राजीनामा दिए मेयर पदको कार्यकाल करिब १६ महिना बाँकी रहनेछ। स्थानीय तह निर्वाचन ऐनअनुसार जनप्रतिनिधिको पद रिक्त भई बाँकी अवधि एक वर्षभन्दा बढी भए उपनिर्वाचन […]
पूरा पढ्नुहोस्
निर्वाचनको वातावरण बनिसक्यो : मन्त्री खरेल
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकमा निर्वाचनको वातावरण बनिसकेको बताएका छन्। सबै राजनीतिक दल चुनावतर्फ केन्द्रित भएकाले अब निर्वाचनबारे कुनै द्विविधा नराख्नुपर्ने उनको भनाइ छ। आइतबार नेपाल टेलिकम गण्डकी प्रदेश कार्यालयले आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री खरेलले समयमै निर्वाचन हुनु देशको स्थायित्वका लागि अपरिहार्य रहेको बताए। “मुलुक परिवर्तनको मोडमा छ, जेनजीको भावनाअनुसार नयाँ ऊर्जा […]
पूरा पढ्नुहोस्
रास्वपाको समानुपातिक सूचीमा बालेन पक्षलाई ४० सिट
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सांसद उम्मेदवार सूचीमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) पक्षका ४० जना समेटिने भएका छन्। रास्वपा सभापति रवि लामिछाने र बालेन शाहबीच आइतबार बिहान भएको सहमतिअनुसार समानुपातिकतर्फ बुझाइने ११० जनाको बन्द सूचीमध्ये ४० जना बालेन पक्षका र बाँकी ७० जना रास्वपाका उम्मेदवार रहने स्रोतले जनाएको छ। निर्वाचन […]
पूरा पढ्नुहोस्
रवि–बालेन सम्झौताविरुद्ध हर्क साम्पाङको आक्रोश, ११ बजेसम्म ३१ भन्दा बढी फेसबुक पोस्ट
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) बीच भएको सात बुँदे सम्झौताको तीव्र विरोध गरेका छन्। आज बिहान साढे ३ बजेदेखि सवा ११ बजेसम्म उनले सामाजिक सञ्जाल फेसबुकमार्फत ३१ भन्दा बढी पोस्ट गर्दै सम्झौताविरुद्ध असन्तुष्टि जनाएका […]
पूरा पढ्नुहोस्
रवि–बालेनबीच ७ बुँदे सम्झौता, एउटै दलबाट चुनाव लड्ने सहमति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एउटै दलबाट प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने ७ बुँदे सम्झौता गरेका छन्। सम्झौताअनुसार रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रहनेछन् भने बालेन शाह संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि बढ्ने सहमति भएको छ। […]
पूरा पढ्नुहोस्



