समाज
रवि–बालेनबीच ७ बुँदे सम्झौता, एउटै दलबाट चुनाव लड्ने सहमति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एउटै दलबाट प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने ७ बुँदे सम्झौता गरेका छन्। सम्झौताअनुसार रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रहनेछन् भने बालेन शाह संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि बढ्ने सहमति भएको छ। […]
पूरा पढ्नुहोस्
स्ट्यान्डर्ड खबरका फोटो पत्रकार तथा समाजसेवी रमेश (राजु) रेग्मीबाट विद्यालयलाई लाखौंको सहयोग
काठमाडौँ । गङ्गाजमुना गाउँपालिका वार्ड नं ७, धादिङ निवासी समाजसेवी तथा होटल चिसापानीका सञ्चालक रमेश (राजु) रेग्मीले शिक्षा क्षेत्रमा पुर्याउँदै आएको योगदानलाई यसपटक पनि निरन्तरता दिएका छन्। सामाजिक उत्तरदायित्वसँगै पत्रकारितामा समेत सक्रिय रहँदै आएका रेग्मी Standard Khabar Media का फोटो पत्रकारसमेत हुन्। शिवपुरी गाउँपालिका–१ मा अवस्थित श्री भूमे देवी माध्यमिक विद्यालयलाई रेग्मीले १ लाख ५१ […]
पूरा पढ्नुहोस्
कुलमान–बालेन–रवि जोड्ने अर्जुन शाहीको निर्णायक पहल जेन–जी क्रान्तिको मर्म बोकेर बालेन शाहलाई गहन रणनीतिक ब्रिफिङ
काठमाडौं — नेपालको राजनीतिक क्षितिज निर्णायक मोडमा उभिएको यो घडीमा वैकल्पिक शक्तिहरूबीचको एकता अब छलफलको सैद्धान्तिक चरण पार गरेर अन्तिम तथा ठोस निष्कर्षतर्फ द्रुत गतिमा अघि बढेको स्पष्ट तथा उत्साहजनक संकेत प्राप्त भएको छ। जेन–जी आन्दोलनका प्रमुख अगुवा तथा युवा नेतृत्वका प्रतीक अर्जुन शाहीले यो सन्देशलाई थप दृढता र ऊर्जाका साथ प्रस्तुत गरेका छन्, जसले […]
पूरा पढ्नुहोस्
राप्रपा र राप्रपा नेपालबीच आज एकता, सहमति पत्रमा हस्ताक्षर
राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज, ९ पुस, काठमाडौँमा एकता हुने भएको छ। दुवै अध्यक्षले सहमति पत्रमा हस्ताक्षर गर्ने तयारी भइरहेको राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार, “दुई दलबीचको एकता सहमति पत्रमा साँझ ७ बजेअघि हस्ताक्षर हुनेछ। अहिलेसम्म सहमति मात्र भएको छ, पद बाँडफाँटको विषयमा केही […]
पूरा पढ्नुहोस्
९ बुँदे मागसहित माइतीघरमा डा. कमल भुसाल आमरण अनसनमा, ‘माग पूरा नभएसम्म पछि हट्दिन’
विभिन्न ९ बुँदे माग अघि सार्दै माइतीघर मण्डलामा आमरण अनसन बसिरहेका डा. कमल (निकोलस) भुसालले माग पूरा नभएसम्म अनसन नतोड्ने स्पष्ट पारेका छन्। बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफू सुशासन, भ्रष्टाचार अन्त्य र राजनीतिक प्रणाली सुधारका लागि ‘वार कि पार’ को लडाइँमा उत्रिएको बताएका हुन्। डा. भुसालले तत्काल प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्ने, जेन–जी आन्दोलनका […]
पूरा पढ्नुहोस्
बयान दिन जान रमेश लेखकलाई कांग्रेसभित्र दबाब
पूर्व गृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता रमेश लेखकलाई जाँचबुझ आयोगमा उपस्थित भएर बयान दिन पार्टीभित्रबाट सुझाव आएको छ। बुधबार सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको कांग्रेस बैठकमा यस विषयमा छलफल भएको हो। बैठकमा सहभागी नेताहरूले आयोगले बोलाएको अवस्थामा बयान दिन जानु उपयुक्त हुने धारणा राखेका थिए। प्रवक्ता प्रकाशशरण महतका अनुसार निवर्तमान गृहमन्त्री लेखकलाई बयानका लागि बोलाइएको विषय […]
पूरा पढ्नुहोस्
शान्ति सुरक्षाको ग्यारेन्टी भए कांग्रेस चुनावमा जान तयार: डा. शेखर कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी फागुनमा हुने निर्वाचनमा कांग्रेस सहभागी हुन तयार रहेको बताएका छन्। सन्तनेता कृष्णप्रसाद भट्टराईको १०२औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा उनले शान्ति–सुरक्षाको पूर्ण प्रत्याभूति भए निर्वाचनमा जान कुनै समस्या नरहेको बताए। उनले अहिले देशको अवस्था चुनौतीपूर्ण रहेको उल्लेख गर्दै कैदीबन्दी कारागार बाहिर हुनु र प्रहरीका हातहतियार लुटिनु जस्ता घटनाले चुनावी […]
पूरा पढ्नुहोस्
प्रतिनिधिसभा पुनर्स्थापनाबारे पूरक रिटमा आज पेसी, बहुमत सांसदको समर्थन जुट्यो
प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै कांग्रेसका ६५ र अन्य दलका ३ गरी ६८ सांसदले हस्ताक्षर गरेको पूरक रिटमा आज सर्वोच्च अदालतमा पेसी तोकिएको छ। उक्त रिट मंगलबार वारेसमार्फत दर्ता गरिएको हो। यसअघि कांग्रेसका ८ सांसदले मङ्सिर २३ गते रिट दायर गरेका थिए। अहिले थप हस्ताक्षरसहित कांग्रेस, जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदको समर्थन […]
पूरा पढ्नुहोस्
रवि लामिछानेले जेनजी शहीद परिवारसँग छलफल, न्यायका लागि लड्ने प्रतिबद्धता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जेनजी आन्दोलनका शहीद परिवारसँग छलफल गरेका छन्। शनिबार काठमाडौं आइपुगेपछि उनले बबरमहलस्थित जेनजी शहीद परिवार कल्याणकारी संस्थाको कार्यालय पुगेर पीडित परिवारहरूसँग भेटवार्ता गरेका हुन्। छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले जेनजी आन्दोलनका क्रममा युवाहरूको हत्या भएको भन्दै शहीद परिवारको न्यायका लागि रास्वपा लड्ने बताए। उनले सुशासन कायम गर्न […]
पूरा पढ्नुहोस्
केपी शर्मा ओली एमाले अध्यक्षमा पुनः निर्वाचित
नेकपा एमालेको ११औँ महाधिवेशनबाट केपी शर्मा ओली अध्यक्षमा निर्वाचित भएका छन्। उनले प्रतिस्पर्धी उम्मेदवार ईश्वर पोखरेललाई पराजित गरेका हुन्। ओलीले १६६३ मत प्राप्त गर्दा पोखरेलले ५६३ मत पाए। कुल २२६३ महाधिवेशन प्रतिनिधिमध्ये ३६ जनाले मतदान गरेनन्। यससँगै ओली एमालेको तेस्रो कार्यकालका लागि अध्यक्ष बनेका छन्। पदाधिकारी तहमा पनि अधिकांश उम्मेदवार ओली पक्षकै विजयी भएका छन्।
पूरा पढ्नुहोस्



