Monday, April 20

समाचार

राप्रपा र राप्रपा नेपालबीच आज एकता, सहमति पत्रमा हस्ताक्षर

राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज, ९ पुस, काठमाडौँमा एकता हुने भएको छ। दुवै अध्यक्षले सहमति पत्रमा हस्ताक्षर गर्ने तयारी भइरहेको राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार, “दुई दलबीचको एकता सहमति पत्रमा साँझ ७ बजेअघि हस्ताक्षर हुनेछ। अहिलेसम्म सहमति मात्र भएको छ, पद बाँडफाँटको विषयमा केही […]

पूरा पढ्नुहोस्

एलन मस्कको भविष्यवाणी: युनिभर्सल हाई इनकमले गरिबी अन्त्य गर्ने

विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्क प्रायः आफ्ना अभिव्यक्तिका कारण चर्चा र विवादमा रहने गर्छन्। हालै उनले भविष्यमा गरिबी पूर्णरूपमा समाप्त हुने दाबी गरेका छन्। यो अभिव्यक्ति अमेरिकी अर्बपति लगानीकर्ता रे डालियोको ‘ट्रम्प अकाउन्ट्स’ प्रस्तावप्रति प्रतिक्रिया स्वरूप आएको हो। मस्कका अनुसार, भविष्यमा प्रत्येक व्यक्तिले युनिभर्सल हाई इनकम प्राप्त गर्नेछन्, जसले गर्दा पैसा बचत गर्ने आवश्यकता […]

पूरा पढ्नुहोस्

हृदयन्द्रसँगको भेटपछि चर्चामा आएकी महिला राप्रपाको समानुपातिक उम्मेदवारमा सिफारिस:

पूर्वनवयुवराजधिराज हृदयन्द्रलाई देउडा गीत सुनाएर सामाजिक सञ्जालमा भाइरल बनेकी पञ्चकली बुढालाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिक उम्मेदवारको सूचीमा समावेश गरेको छ। जुम्ला जिल्ला कार्यसमितिले महिला कोटाका लागि पञ्चकलीलाई पहिलो नम्बरमा सिफारिस गरेको हो। केही महिनाअघि हृदयन्द्र जुम्ला भ्रमणमा पुगेका बेला पञ्चकलीसँगको भेट र उनले सुनाएको देउडा गीतले उनी तत्कालै चर्चामा आएकी थिइन्। पहिल्यैबाट राप्रपा […]

पूरा पढ्नुहोस्

९ बुँदे मागसहित माइतीघरमा डा. कमल भुसाल आमरण अनसनमा, ‘माग पूरा नभएसम्म पछि हट्दिन’

विभिन्न ९ बुँदे माग अघि सार्दै माइतीघर मण्डलामा आमरण अनसन बसिरहेका डा. कमल (निकोलस) भुसालले माग पूरा नभएसम्म अनसन नतोड्ने स्पष्ट पारेका छन्। बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफू सुशासन, भ्रष्टाचार अन्त्य र राजनीतिक प्रणाली सुधारका लागि ‘वार कि पार’ को लडाइँमा उत्रिएको बताएका हुन्। डा. भुसालले तत्काल प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्ने, जेन–जी आन्दोलनका […]

पूरा पढ्नुहोस्

बयान दिन जान रमेश लेखकलाई कांग्रेसभित्र दबाब

पूर्व गृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता रमेश लेखकलाई जाँचबुझ आयोगमा उपस्थित भएर बयान दिन पार्टीभित्रबाट सुझाव आएको छ। बुधबार सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको कांग्रेस बैठकमा यस विषयमा छलफल भएको हो। बैठकमा सहभागी नेताहरूले आयोगले बोलाएको अवस्थामा बयान दिन जानु उपयुक्त हुने धारणा राखेका थिए। प्रवक्ता प्रकाशशरण महतका अनुसार निवर्तमान गृहमन्त्री लेखकलाई बयानका लागि बोलाइएको विषय […]

पूरा पढ्नुहोस्

‘नाम मात्रैको कार्यवाहक’: सभापति देउवाप्रति गगन थापाको टिप्पणी

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवाले दिएको कार्यवाहक जिम्मेवारी प्रभावहीन रहेको टिप्पणी गरेका छन्। पार्टी बैठकपछि पत्रकारसँग कुरा गर्दै थापाले सभापति बैठकमा उपस्थित नभए पनि सबै निर्णय र शक्ति अभ्यास त्यहीँबाट भइरहेको दाबी गरे। थापाले महाधिवेशन नगरी कांग्रेस आमनिर्वाचनमा जानु उपयुक्त नहुने स्पष्ट गर्दै यस विषयमा सभापति देउवासँग विशेष आग्रह गरेको बताए। […]

पूरा पढ्नुहोस्

शान्ति सुरक्षाको ग्यारेन्टी भए कांग्रेस चुनावमा जान तयार: डा. शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी फागुनमा हुने निर्वाचनमा कांग्रेस सहभागी हुन तयार रहेको बताएका छन्। सन्तनेता कृष्णप्रसाद भट्टराईको १०२औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा उनले शान्ति–सुरक्षाको पूर्ण प्रत्याभूति भए निर्वाचनमा जान कुनै समस्या नरहेको बताए। उनले अहिले देशको अवस्था चुनौतीपूर्ण रहेको उल्लेख गर्दै कैदीबन्दी कारागार बाहिर हुनु र प्रहरीका हातहतियार लुटिनु जस्ता घटनाले चुनावी […]

पूरा पढ्नुहोस्

तराईमा बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन, जनजीवन र यातायात प्रभावित हुने चेतावनी

विगत केही दिनदेखि तराई क्षेत्रमा देखिएको बाक्लो हुस्सु र कुहिरो अझै केही दिन कायम रहने भएको छ। जल तथा मौसम विज्ञान विभागले तराईमा देखिएको हुस्सु र कुहिरो कम्तीमा आगामी तीन दिनसम्म जारी रहने भन्दै सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। विभागका अनुसार हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रत्यक्ष […]

पूरा पढ्नुहोस्

रवि–बालेन भेटले चुनावी तरंग, ओलीविरुद्ध खडा हुने चर्चा

फागुन २१ को निर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहबीच करिब ६ घन्टा लामो छलफल भएको छ। काठमाडौं कमलपोखरीस्थित पूर्वसांसद असिम शाहको निवासमा भएको भेटलाई वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्यको संकेतका रूपमा हेरिएको छ। छलफलमा चुनावी सहकार्य, राजनीतिक भविष्य र एकअर्काको धारणा बुझ्ने विषयमा खुलेर संवाद भएको बताइएको […]

पूरा पढ्नुहोस्

प्रतिनिधिसभा पुनर्स्थापनाबारे पूरक रिटमा आज पेसी, बहुमत सांसदको समर्थन जुट्यो

प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै कांग्रेसका ६५ र अन्य दलका ३ गरी ६८ सांसदले हस्ताक्षर गरेको पूरक रिटमा आज सर्वोच्च अदालतमा पेसी तोकिएको छ। उक्त रिट मंगलबार वारेसमार्फत दर्ता गरिएको हो। यसअघि कांग्रेसका ८ सांसदले मङ्सिर २३ गते रिट दायर गरेका थिए। अहिले थप हस्ताक्षरसहित कांग्रेस, जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदको समर्थन […]

पूरा पढ्नुहोस्