Thursday, June 4

राजनीति

सांसद उम्मेदवार छान्न एमाले सचिवालय बैठक आज, करिब ३५ नाम सर्वसम्मत सिफारिस

काठमाडौं ।   आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दैछ। प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीका अनुसार बैठक दिउँसो १ बजेका लागि बोलाइएको हो। निर्वाचन आयोगको कार्यतालिका अनुसार माघ ६ गते देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयन हुनुपर्ने भएकाले एमालेले समयमै उम्मेदवार छनोट गर्न सचिवालय बैठक […]

पूरा पढ्नुहोस्

लामिछानेविरुद्ध आरोपपत्र संशोधन स्वीकृतिको निर्णय चुनौती दिँदै सर्वोच्चमा रिट

काठमाडौं ।   रवि लामिछानेविरुद्धको आरोपपत्र संशोधन गर्न अनुमति दिएको महान्यायाधिवक्ताको निर्णयलाई चुनौती दिँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ। युवराज पौडेलले उक्त निर्णय संविधान र प्रचलित कानुनविपरीत रहेको दाबी गर्दै बदरको मागसहित रिट पेस गरेका हुन्। रिट निवेदन सर्वोच्च अदालतको मुद्दा महाशाखामा दर्ता भई प्रारम्भिक अध्ययनको प्रक्रियामा रहेको जनाइएको छ। निवेदक पौडेलले आरोपपत्र […]

पूरा पढ्नुहोस्

व्यक्ति होइन, संस्थाको निर्णय नै मान्य हुन्छ : शेखर कोइराला

काठमाडौं ।  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र कुनै व्यक्तिको अभिव्यक्तिभन्दा संस्थागत निर्णय नै आधिकारिक हुने बताएका छन्। निर्वाचन आयोगमा पार्टीको आधिकारिकताबारे दाबी पेस गर्न पुगेका कोइरालाले गगन थापाको नेतृत्वमा अघि बढेका नेताहरूलाई ‘चोइटिएर गएको समूह’को रूपमा टिप्पणी गरे। उनले बहुमत केन्द्रीय सदस्यहरू अझै आफ्नो पक्षमै रहेको दाबी गर्दै निर्वाचन आयोग जानुपर्ने अवस्था सञ्चारमाध्यमको […]

पूरा पढ्नुहोस्

बालेन शाहसँग आर्थिक सुधारबारे गहिरो छलफल जारी छ : स्वर्णिम वाग्ले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले पार्टीका वरिष्ठ नेता तथा प्रस्तावित प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग आर्थिक सुधारसम्बन्धी गहिरो छलफल भइरहेको बताएका छन्। आर्थिक वृद्धि, रोजगारी सिर्जना, राजस्व व्यवस्थापन, सरकारी खर्च नियन्त्रण, आधुनिक पूर्वाधार तथा महानगरको सेवा प्रवाह मोडल मुख्य छलफलका विषय बनेका छन्। वाग्लेले बिहीबार सामाजिक सञ्जालमा तस्बिरसहित धारणा सार्वजनिक […]

पूरा पढ्नुहोस्

देउवा समूहको कदम लोकतन्त्रविरोधी, कांग्रेस अब नयाँ पुस्ताको हातमा : रमेश खरेल

काठमाडौँ ।     पूर्व डीआईजी रमेश खरेलले नेपाली कांग्रेसभित्र देखिएको पछिल्लो राजनीतिक घटनाक्रमप्रति तीव्र असन्तोष व्यक्त गरेका छन्। विशेष महाधिवेशन चलिरहेका बेला सभापति शेरबहादुर देउवा समूहले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि कारबाही गरेको विषयलाई उनले लोकतान्त्रिक मूल्यविपरीतको कदम बताएका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै खरेलले बहुमतको आह्वानमा भइरहेको विशेष महाधिवेशनको म्यान्डेटलाई बेवास्ता […]

पूरा पढ्नुहोस्

गगन थापा नेतृत्वको कांग्रेस केन्द्रीय समिति बैठक सुरू, आयोग जाने तयारी

काठमाडौँ ।                        गगन थापाको नेतृत्वमा नेपाली कांग्रेसको पहिलो केन्द्रीय समिति बैठक सुरु भएको छ। दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको बैठक ललितपुरको कुपन्डोलस्थित एक पार्टी प्यालेसमा जारी रहेको छ। महामन्त्री प्रदीप पौडेलको सचिवालयका अनुसार बैठकमा विशेष महाधिवेशनपछिको राजनीतिक कार्यदिशा र संगठनात्मक विषयमा छलफल […]

पूरा पढ्नुहोस्

कांग्रेसमा ठूलो निर्णय : गगन थापा र विश्वप्रकाश शर्मा निष्कासित

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्री गगन थापा र नेता विश्वप्रकाश शर्मालाई पार्टी सदस्यताबाट निष्कासन गर्ने निर्णय गरेको छ। बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले उनीहरूको गतिविधि पार्टीको हितविपरीत गएको निष्कर्ष निकाल्दै निष्कासनको कठोर कदम चालेको हो। बैठकमा प्रस्तुत राजनीतिक गतिविधि र पछिल्ला अभिव्यक्तिहरूले पार्टीको संगठनात्मक एकता कमजोर बनाएको भन्दै दुवै […]

पूरा पढ्नुहोस्

बालेन झापा–५ आए पनि ओलीको जित अझ फराकिलो हुने एमालेको दाबी

नेकपा (एमाले) झापाका अध्यक्ष प्रेम गिरीले आगामी प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर–५ बाट पार्टी अध्यक्ष केपी शर्मा ओली झन् ठूलो मतान्तरका साथ विजयी हुने दाबी गरेका छन्। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) झापा–५ बाट उम्मेदवार बन्ने चर्चा चलिरहेका बेला गिरीले यस्तो प्रतिक्रिया दिएका हुन्। उनका अनुसार बालेन चुनावी मैदानमा आए पनि त्यसले ओलीको जितमा […]

पूरा पढ्नुहोस्

कांग्रेस विशेष महाधिवेशन आयोजकद्वारा देउवालाई औपचारिक आमन्त्रण

काठमाडौं ।    नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आयोजक समितिले पार्टी सभापति शेरबहादुर देउवालाई विशेष महाधिवेशनमा सहभागी हुन औपचारिक निम्तो दिएको छ। आयोजक समितिले देउवालाई प्रमुख अतिथिका रूपमा समारोहको उद्घाटन गर्न आग्रह गरेको हो। आयोजक समितिको व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले हस्ताक्षर गरेको आमन्त्रणपत्र सभापति देउवालाई बुझाइएको छ। पत्रमार्फत बदलिँदो राजनीतिक परिस्थितिमा नेपाली कांग्रेसलाई नयाँ […]

पूरा पढ्नुहोस्

कांग्रेसको आन्तरिक रस्साकस्सी कायमै: गगन–लेखक वार्ता निष्कर्षविहीन, विशेष महाधिवेशनको टकराव चर्किँदै

काठमाडौं । नेपाली कांग्रेसभित्र चुलिँदै गएको आन्तरिक विवाद समाधान गर्ने प्रयास असफल भएको छ। विवाद मिलाउने उद्देश्यले महामन्त्री गगन थापा र संस्थापन पक्षका नेता रमेश लेखकबीच भएको भेटवार्ता कुनै ठोस सहमतिमा पुग्न सकेन। गएराति दुई नेताबीच भएको छलफलमा लेखकले अघि सारेको प्रस्ताव महामन्त्री थापाले स्वीकार नगरेको संस्थापन इतर पक्षका नेता प्रकाश स्नेही रसाइलीले जानकारी दिए। […]

पूरा पढ्नुहोस्