Thursday, June 4

राजनीति

एकतापछि चर्कियो दरार: रास्वपासँगको सहमतिमा उज्यालो नेपाल असन्तुष्ट, नेतृत्वमाथि प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकताको घोषणा गरेलगत्तै कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीभित्र गहिरिँदो असन्तुष्टि सतहमा आएको छ। सैद्धान्तिक मतभेद, पदीय भागबण्डा र पूर्वसहमति कार्यान्वयनको विषयले पार्टीभित्र आन्तरिक तनाव चर्किएको हो। संघीयता र धर्मनिरपेक्षता जस्ता संवेदनशील मुद्दामा स्पष्ट सहमति नजुट्दै एकताको प्रक्रिया अघि बढाइएको भन्दै उज्यालो नेपालका नेताहरूले रास्वपा नेतृत्वको व्यवहारप्रति गम्भीर […]

पूरा पढ्नुहोस्

श्रमबाट राजनीति, धरानबाट सिंहदरबारतर्फः हर्क साम्पाङको विस्तारिँदो अभियान

शनिबारको बिहान श्रम संस्कृति पार्कतिर जाने बाटोमा गीतको लय र नाराको स्वर मिसिन्छ—“श्रमदान जिन्दावाद !” बसबाट झरेका मेयर हर्क साम्पाङ सहभागीहरूसँगै नाच्छन्, हाँस्छन् र फेरि कामको निर्देशन दिन्छन्। चिया, चिउरा र दालमोटको खाजापछि उनी छोटो सम्बोधन गर्छन्—“श्रमदान अब धरानमा सीमित हुँदैन, नेपालभर फैलिनुपर्छ।” यही शैली हर्क साम्पाङको राजनीतिक यात्राको पहिचान बनेको छ—रमाइलो, श्रम र सन्देश […]

पूरा पढ्नुहोस्

बालुवाटारमा कार्की–ओलीबीच तीन घण्टाको भेटवार्ता:चुनाव केन्द्रित संवाद

काठमाडौं ।    प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार बालुवाटारमा करिब तीन घण्टा लामो एकान्त भेटवार्ता भएको छ। पछिल्लो समय चुनावी प्रक्रिया र राजनीतिक घटनाक्रमलाई लिएर दुवै पक्षबीच संवाद क्रमशः सहज बन्दै गएको सन्दर्भमा यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ। बिहीबार बिहान करिब ११ बजे ओली कुनै पनि पार्टी नेतासहित […]

पूरा पढ्नुहोस्

धरानबाट संसदसम्मको दाबीः हर्क साम्पाङले किन रोजे सुनसरी–१ ?

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने घोषणा गरेका छन्। स्थानीय तहमा पाएको जनसमर्थनलाई आधार बनाएर संघीय राजनीतिमा प्रवेश गर्ने उनको तयारी देखिन्छ। बुधबार सामाजिक सञ्जालमार्फत साम्पाङले आफू सुनसरी–१ बाटै चुनाव लड्ने स्पष्ट पारे। “म सुनसरी क्षेत्र नम्बर १ बाट […]

पूरा पढ्नुहोस्

सभापति पदको दौड होइन, कांग्रेस सुधार प्राथमिकता होः गगन थापा

काठमाडौं ।    नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति बन्ने आकांक्षाका कारण आफूहरूले विशेष महाधिवेशनको माग गरेको भन्ने आरोप अस्वीकार गरेका छन्। उनले पार्टीभित्र देखिएको असन्तुष्टि पदको लडाइँका लागि नभई संगठन सुधारका लागि भएको स्पष्ट पारे। बुधबार बुद्धिजीवीहरूसँगको छलफलमा बोल्दै थापाले केही नेताहरूले आफू सभापति बन्न खोजेको आरोप लगाइरहेको उल्लेख गर्दै भने, “हामीलाई सभापति […]

पूरा पढ्नुहोस्

चुनाव नजिकिँदा अन्तरिम सरकारमा हलचल, मन्त्रीहरूको राजीनामाबारे स्पष्ट निर्णय छैन

काठमाडौं ।   फागुन २१ गते हुने निर्वाचन नजिकिँदै गर्दा अन्तरिम सरकारका केही मन्त्रीहरूको भूमिकालाई लिएर राजनीतिक वृत्तमा चासो बढेको छ। प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् बैठकमा चुनावी राजनीतिमा संलग्न हुने व्यक्तिले आफ्नो भूमिकाबारे सोच्नुपर्ने संकेत गरेपछि मन्त्रीहरूको राजीनामाको विषय चर्चामा आएको हो। ऊर्जा तथा सहरी विकासमन्त्री कुलमान घिसिङ, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र […]

पूरा पढ्नुहोस्

देश निर्माण विनाशबाट सम्भव छैन : ओली

काठमाडौँ ।    नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तोडफोड र विनाशका गतिविधिबाट देश निर्माण हुन नसक्ने बताएका छन्। नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको ३५औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै ओलीले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गरे। उनले पछिल्लो समय सरकारले विभिन्न स्थानमा घर तथा बस्ती भत्काउने कामलाई प्राथमिकता दिएको […]

पूरा पढ्नुहोस्

राष्ट्रिय सभा उम्मेदवार छनोटमा कांग्रेस महामन्त्री थापाको असहमति

काठमाडौँ ।      नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियामा असन्तुष्टि जनाउँदै फरक मत दर्ता गरेका छन्। बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा थापाले औपचारिक रूपमा आफ्नो असहमति राखेका हुन्। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले उम्मेदवार छनोट गर्दा पार्टीका स्थापित संरचनाको भूमिका कमजोर बनाइएको आरोप लगाए। उनका […]

पूरा पढ्नुहोस्

रास्वपाको समायोजन सभाले देखायो वैकल्पिक राजनीतिमा नयाँ ध्रुवीकरण

काठमाडौँ ।   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नागरिक उन्मुक्ति पार्टीका पूर्व नेतृत्व तथा थरुहट/थारुवान अभियन्ताहरूसँग बृहत् राजनीतिक समायोजन गर्दै वैकल्पिक राजनीतिलाई थप संगठित बनाउने संकेत दिएको छ। सोमबार राष्ट्रियसभा गृहमा आयोजित समायोजन सभामा ठूलो संख्यामा नेता–कार्यकर्ताको उपस्थिति देखियो। सभागृह खचाखच भरिँदा भित्र अटाउन नसकेका कार्यकर्ता बाहिर चौरमा समेत जम्मा भएका थिए। कार्यक्रममा थारु समुदायको […]

पूरा पढ्नुहोस्

दिल्ली भ्रमणपछि प्रचण्ड सक्रिय, राष्ट्रियसभा चुनावमा दलहरूबीच तालमेलको कसरत

काठमाडौँ ।    नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणबाट फर्किएलगत्तै पार्टीभित्र र बाहिरका राजनीतिक छलफलमा सक्रिय भएका छन्। एकता सन्देश सभालाई सम्बोधन गर्न आइतबार नयाँदिल्ली गएका प्रचण्ड सोमबार राति स्वदेश फर्किएका हुन्। दिल्ली बसाइका क्रममा प्रचण्डले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गरेका थिए। त्यसपछि काठमाडौं फर्किएका प्रचण्ड आज बिहानैदेखि पार्टीका […]

पूरा पढ्नुहोस्